धनराज जोडिएको मितेरी सहकारीका ज्योति भण्डारी हतगडीसहित झिकाइए, अब के होला ?

काठमाडौं, ४ असार । मितेरी सहकारीबाट ३ करोडभन्दा बढी ठगी गरेको आरोपी ज्योती भण्डारी कम्बोडियाबाट नेपाल झिकाइएका छन् । उनलाई सिंगापुर हुँदै नेपाल ल्याउँदा हतगडी लगाइएको थियो ।
बुधबार साँझ ल्याइएका उनीमाथि अनुसन्धान सुरु भएको छ । यसले मितेरी सहकारी ठगी प्रकरणका धेरै पाटाहरु खुल्ने देखिएको छ ।
ज्योती भण्डारी पक्राउ गरी ल्याइएपछि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङबारे पनि टुंगो लाग्ने देखिएको छ । गुरुङ पनि मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका छन् । उनले सहकारी ठगीमा दोषी पाइएकी पत्नी ज्योति गुरुङसँग देखावटी पारपाचुके गरेका छन् ।
ज्योति भण्डारीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिश जारी गरेर पक्राउ गरेको हो । धनराज गुरुङ पत्नी ज्योति गुरुङ अमेरिकामा लुकेकी छिन् र उनलाई पनि पक्राउ हुनसक्ने भएकाले बचाऊको प्रयास चलिरहेको छ । ज्योती गुरुङ अमेरिकामा कसरी बसेकी छिन् भन्नेबारे नेपाली पेनले तथ्यसहित खबर प्रकाशित गरेको थियो ।