ट्रम्पलाई नोबेल पुरस्कार दिनुपर्ने भनेपछि पाकिस्तानी सेना प्रमुख मुनिरलाई ह्वाइट हाउसमा लन्च

एजेन्सी, ५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई ह्वाइट हाउसमा लन्चसहितको भेटमा डाके । मुनिरलाई बुधबार दिउँसो भेटेपछि ट्रम्प उत्साही भए । दुई परमाणु शक्ति भारत र पाकिस्तानबीचको युद्ध रोक्न आफ्ना आग्रहलाई मुनिरले मानेकोमा प्रशंशा गरे ।
मुनिरलाई लन्चसहित भेटमा डाक्नुमा आफ्नो आग्रह मान्नु भएको उनको भनाई थियो । आफूले भारत र पाकिस्ताबीचको युद्ध रोकेको दाबी ट्रम्पले पुनः गरे । जबकि भारतले पाकिस्तानसँगको सैन्य सम्पर्क माध्यमबाट दुईपक्षबीच कुराकानीबाट युद्ध रोकिएको स्पष्ट पारिसकेको छ ।
बुधबार नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ३५ मिनेट लामो टेलिफोन वार्ताबारे विदेश सचिव विक्रम मिश्रीले भिडियो सन्देशमार्फत् जानकारी दिंदा कुनै पाकिस्तान मामलामा कुनै मध्यस्थता कहिले नस्वीकारिएको र भविष्यमा पनि स्वीकार नगरिने बताएका थिए । भारतले ट्रम्पको मध्यस्थताको दाबीलाई गलत रहेको सन्देश प्रवाह गरिरहेको छ ।
उता पाकिस्तानी सेनाप्रमुख असिम मुनिरले डोनाल्ड ट्रम्प नोबेल पुरस्कार पाउन योग्य भएको बताएका थिए । ह्वाइट हाउसले मुनिरले ट्रम्पको भूमिकाको प्रशंशा गर्दै नोबेल पुरस्कार पाउनुपर्ने भनेको यस अघि नै सार्वजनिक गरिसकेको छ । यसबाट ट्रम्प निकै खुशी भई मुनिरलाई लन्चसहितको बैठकमा डाके ।
मुनिरले भारतसँग युद्ध रोक्न ट्रम्पले भूमिका खेलेको बताए । पाकिस्तानी सेनाप्रमुखको यही अभिव्यक्तिका कारण उनी ह्वाइट हाउसमा निम्तो गरिए ।