ज्योति समातिएपछि धनराजमा बढ्यो छटपटी, रमदा होटलमा गोप्य भेट किन ?

काठमाडौं, ३ असार । मितेरी सहकारीका फरार अध्यक्ष ज्योति भण्डारी कम्बोडियामा पक्राउ परेपछि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङमा छटपटी बढेको छ । मितेरी सहकारी ठगी प्रकरणमा धनराज पनि जोडिनुले पनि ज्योतिको पक्राउले उनमा छटपटी बढेको छ ।
सहकारी ठगी प्रकरणमा फरार भएपछि धनराजले पत्नी ज्योति गुरुङसँग कागजी पारपाचुके गरेका छन् । ज्योति गुरुङ अमेरिकामा छिन् । उनी पनि इन्टरपोलको मद्यतले पक्राउ पर्ने भयले धनराजको रहस्यमयी भेट चलेको छ । उनले मंगलबार साँझ रमदा होटलको नवौं तल्लामा गोप्य भेट गरेर यो मामलाको आन्तरिक व्यवस्थापनको प्रयास गरेका छन् ।
धनराजविरुद्ध मितेरी सहकारी ठगी प्रकरणमा उजूरी छ । तर, यसलाई कारबाहीसम्म बढ्न नदिन उनले ठूलै शक्ति लगाए । काँग्रेस सभापति शेरबहादुर देउवासँग नजिकिए । विगतमा देउवा विरोधी बनेर शेखर कोइराला प्यानलबाट उपसभापतिमा प्रतिष्पर्धा गरेका धनराजले हालैमात्र एउटा कार्यक्रममा देउवाको बखान गर्दै छैंठौं मात्र नभई सातौं पटक प्रधानमन्त्र िबन्ने अभिव्यक्ति दिए ।