किन मिल्छन् ओली, देउवा र प्रचण्ड

काठमाडौं, १ असार । देशको राजनीतिको केन्द्रमा छन् प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । उनीहरु कहिले दुईजना मिल्छन् त कहिले तीनैजना मिल्छन् । यसपटक त संसदको गतिरोध अन्त गर्ने विषयमा तीनजना नेता मिले ।
कहिले ओली र देउवा, कहिले ओली र प्रचण्ड त कहिले देउवा र प्रचण्ड मिलेर प्रधानमन्त्रीको आलोपालो गर्छन् । दुई मात्र मिल्दा एकजना प्रधानमन्त्री त एकजना प्रमुख प्रतिपक्षी दलका नेता बन्ने गरेका छन् । यसकारण पनि शक्तिको केन्द्रमा यीनै तीन नेता छन् ।
राजावादीले आन्दोलन गर्दा ओली, देउवा र प्रचण्ड एकमत भएर यसको विरोधमा देखिए । देउवाले अभिव्यक्तिमार्फत् विरोध गरे । ओली र प्रचण्डले मैदानमै कार्यकर्ता उतारेर प्रतिकारको शैली अपनाए ।
शक्तिको केन्द्रमा रहेर शक्ति संघर्ष पनि गर्ने तीन नेता शक्ति जोगाउनका लागि मिल्छन् । यसकारण पनि लामो समययता देशको राजनीतिको केन्द्रबिन्दुमा यीनै तीन नेता छन् ।