२२ असार २०८२, आइतबार | July 6, 2025

इजरायली हमलामा इरानका प्रधानसेनापति बघेरी मारिए


2.2k
Shares

एजेन्सी, ३० जेठ । इजरायली हमलामा इरानका प्रधानसेनापति मोहम्मद बघेरी मारिएका छन् । इजरायलले सैन्य अखडामा हमला गर्दा बघेरी मारिएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

इरानले घटनामा के कति मानवीय क्षति भयो स्पष्ट पारेको छैन । तर, उसले आक्रमणको बदला लिने बताएको छ ।

इजरायली हमलाबाट इरानमा ठूलो क्षति भएको छ । उसको कतिपय सैन्य अखडाहरु ध्वस्त भएका छन् । सेनापतिसहित उच्च अधिकारी मारिएका छन् । जसमा मेजर जनरल गोलाम अली रसिद, रेभोलुसनरी गार्ड कर्पसका प्रमुख सरदार सलामी, ब्रिगेडियरल जनरल आमिर अली हाजीजादेह, आणविक कार्यक्रम प्रमुख फिरदून अब्बासी र परमाणु वैज्ञानिक मैहदी तेहरानची छन् ।

प्रतिक्रिया