३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

विमानबाट फाल हालेर बच्न सफल रमेश


6.5k
Shares

एजेन्सी, २९ जेठ । विश्वभर भारतको अहमदावादमा भएको विमान र्दुघटनाको भिडियो भाइरल छ । त्यसमध्ये एउटा भिडियो झन् भाइरल बनेको छ । त्यो हो दुर्घटनामा परेको विमानबाट फाल हालेर बाँच्न सफल यात्रु ।

चालक दलका सदस्य र यात्रु गरी २४२ जना बोकेको विमान बिहिबार दुर्घटनाग्रस्त हुँदा एकजना मात्र यात्रु बाँचे । ती यात्रु हुन् रमेश विश्वास कुमार । उनी विमानबाट फाल हाल्दा सामान्य घाइते भएका थिए । मुख र शरीरका केही भागमा चोट लागेका उनी हिंडेरै एम्बुलेन्ससम्म पुगे । उनले भिडियो बनाउन खाज्नेहरुलाई पन्छाएको भिडियोमा देखिन्छ ।

३८ वर्षीय रमेश एर इन्डयाको विमानको सिट नम्बर ११ ए मा बसेका थिए । विमान खस्दै गर्दा उनी फाल हालेर बाँच्न सके । खसेलगत्तै विमानमा ठूलो आगलागी भयो । उनी भाग्यले बाँचे ।

विमान दुर्घटना हुँदा मानिसको जिवितै उद्धार सायदै हुनेगर्छ । रमेश भने विमानबाट फाल हालेर बाँच्न सके ।

प्रतिक्रिया