३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

मोदीयुगमा कहाँबाट कहाँ पुग्यो भारत


664
Shares

एजेन्सी, २९ जेठ । एउटा मान्छेका कारण एउटा देशले कति फड्को मार्दोरहेछ भन्ने उदाहरण बनेको छ भारत । कुनैबेला गरिबीले आक्रान्त भारत अहिले विश्वकै चौथो धनी देश बनेको छ । त्यो पनि दश वर्षमै ।

जब २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बने तब भारतले ह्वात्तै प्रगति हासिल गर्न थाल्यो । विश्वको दशौं धनी देश थियो त्यतिबेला अहिले चौंथो बनेको छ । मोदीयुगमै भारत विश्वको तेस्रो धनी देश बन्ने प्रक्षेपण गरिएको छ ।

भारतको इतिहासमा लगातार तीनपटक निर्वाचित प्रधानमन्त्री बनेर किर्तिमान बनाएका मोदीले भौतिक र सामाजिक विकास दुवैलाई गति दिए । उनले गरिबी निवारण देखि महिला सशक्तिकरणका लागि उदाहरणीय कार्यक्रम ल्याए ।

भारतले भौतिक विकासमा निकै गति लियो । काश्मिरको श्रीनगरमा समेत रेल पुग्यो मोदी युगमा । विश्वकै अग्लो चेनाब पुलबाट रेल गुड्र काश्मिर पुग्न थाल्यो । मोदीको विरोधी नै उनको गुणगान गाउन थाले ।

मोदीले पूर्वोत्तर भारत, काश्मिर, उत्तराखण्डलगायत विगतमा उपेक्षित राज्यहरुमा विकासको मूल नै फुटाए । ती राज्यहरुको विकास लोभलाग्दो छ ।

विश्व मञ्चमा भारतले स्थान निकै उच्च भएको छ मोदीयुगमा । अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स जस्ता देशहरु भारतसँग निकट सम्बन्ध बनाएर जान आतुर देखिएका छन् । ती देशहरुसँग व्यापारमा व्यापक वृद्धि भएको छ । मोदीले विश्व राजनीतिमा अलग पहिचान मात्र बनाएनन् आवश्यकता पनि अनिवार्य बनाए ।

भारतीय मूलका मानिसहरु विश्वका जुनसुकै कुनामा आफ्नो पूर्खाको देशप्रति गर्व गर्न थालेका छन् । मोदी जुन देश पुग्छन् त्यहाँ भारतीय मूलका गैरआवासीहरु ओइरिन्छन् । अमेरिका, रुस, अफ्रिका जहाँ जाउन् मोदीको हाई हाई देखिन्छ ।

मोदीले भारतलाई सैन्य रुपमा मजबुत बनाउन सकेका छन् । भारतमै अत्याधुनिक हतियार निर्माण हुन थालेको छ । भारत ६० प्रतिशत हतियारमा आत्मनिर्भर भइसकेको छ । यो प्रतिशत बढाएर चाँडै ८० मा पुर्याउने लक्ष्य देखिन्छ । भारतमा बनेका हतियारको माग विश्व बजारमा बढ्न थालेको छ ।

भारतले मोदीयुगमै चन्द्रयानको सफल अवतरण गरेको छ । अन्तरीक्षमा भारतको बलियो उपस्थिति देखिन थालेको छ । शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जाका क्षेत्रमा भारतले निकै ठूलो प्रगति गरेको छ । यो सबै मोदीको सशक्त नेतृत्वको कारण हो भन्ने प्रमाणित हुँदै गएको छ ।

प्रतिक्रिया