३ असार २०८२, मंगलबार | June 17, 2025

नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्र अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा


415
Shares

काठमाडौं, २६ जेठ । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित विभिन्न व्यक्तिहरुमाथि ऋण सहजीकरणका लागि भन्दै घूस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार भुसाल हस्पिटालिटी अन्तर्गतको राडिसन प्रोजेक्ट, हिमाल तराई कन्सट्रक्सन, अकला देवी ट्रेडर्श समेतको ऋण सहजीकरणमा घूस लिएको अभियोग छ । उनीसहित घूस लेनदेनमा संलग्न विभिन्न व्यक्तिहरुमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया