मुस्ताङको श्री दिव्य दीप माविको भवन निर्माणको शिलान्यास

काठमाडौं, २६ जेठ । मुस्ताङको श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास र चमेना गृहको भवन निर्माणको शिलान्यास भएको छ । भारतको सहयोगमा निर्माण हुने भवनको आइतबार शिलान्यास भएको हो ।
लोमान्थाङ गाउँपालिकास्थित उक्त विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।
‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ७६ लाखको परियोजना लागतमा भवन निर्माण भइरहेको छ ।
भवनमा शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा गृह, विश्राम कक्ष र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र मुस्ताङको लोमान्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
श्री दिव्य दीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो । यसले लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरूलाई सेवा प्रदान गर्दछ । यस विद्यालयले अनुभवी र प्रेरणादायी शिक्षकहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।