२६ जेष्ठ २०८२, आइतबार | June 9, 2025

अमेरिकाबाट ३७ नेपाली डिपोर्ट


747
Shares

काठमाडौं, २५ जेठ । अमेरिकाले डिपोर्ट गरी ३७ नेपालीलाई चाटर्ड विमानबाट ल्याएर छाडेको छ । उक्त विमान साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

त्यसपछि ३२ पुरुष र ५ महिलालाई अध्यागमन विभागलाई सुम्पिएर गयो । डिपोर्ट गरिएका नेपालीहरु अवैध रुपमा अमेरिका पसेका थिए । नेपाल आइपुगेको विमान भारत र बँगलादेशका डिपोर्ट गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

अमेरिकाले अवैध आप्रवासीप्रति कठोर नीति लिदै आएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि गैरकानूनी आप्रवासी पक्राउ पर्ने र डिपोर्ट गरिने क्रम चलिरहेको छ । यस क्रममा नेपालीमात्र डेढ सयभन्दा बढी डिपोर्ट भइसकेका छन् ।

वर्षेनी हजारौं नेपाली गैरकानूनी बाटोबाट अमेरिका, यूरोप पस्ने गरेका छन् । यसका लागि उनीहरुले २० देखि ८० लाखसम्म खर्च गरेको विषय सार्वजनिक भइसकेको छ । अमेरिकामा सुन्दर भविष्यको सपना देखेर नेपालीहरु मानव तस्करको पासोमा परेर गैरकानूनी तरिकाले जाने गरेका छन् । यो ठूलो मानवीय समस्या बनिसकेको छ ।

प्रतिक्रिया