अमेरिकाबाट ठूलो संख्यामा नेपाली किन भए डिपोर्ट

काठमाडौं, २५ जेठ । अमेरिकाले अवैध आप्रवासीप्रति कठोर नीति लिदै आएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि गैरकानूनी आप्रवासी पक्राउ पर्ने र डिपोर्ट गरिने क्रम चलिरहेको छ । यस क्रममा नेपालीमात्र डेढ सयभन्दा बढी डिपोर्ट भइसकेका छन् ।
अमेरिकाले डिपोर्ट गरेका ५० नेपाली चाटर्ड विमानमार्फत् आइतबार साँझ ल्याइदैछन् । अध्यागमन विमागलाई यसको जानकारी आइसकेको छ । गत वर्ष टेक्सासबाट मात्र ९ जना नेपाली डिपोर्ट भइसकेका छन् ।
नेपालीहरु डिपोर्ट गरेर केह िसिधै नेपालमा उतारिएका छन् भने केही भारत हुँदै पठाइएका छन् । यसका लागि अमेरिकाले ठूलो धनराशी खर्चिएको छ ।
वर्षेनी हजारौं नेपाली गैरकानूनी बाटोबाट अमेरिका, यूरोप पस्ने गरेका छन् । यसका लागि उनीहरुले २० देखि ८० लाखसम्म खर्च गरेको विषय सार्वजनिक भइसकेको छ ।
अमेरिकामा सुन्दर भविष्यको सपना देखेर नेपालीहरु मानव तस्करको पासोमा परेर गैरकानूनी तरिकाले जाने गरेका छन् । यो ठूलो मानवीय समस्या बनिसकेको छ ।