३ असार २०८२, मंगलबार | June 17, 2025

राजावादीहरुमा भाँडभैलोपछि स्वागत नेपालले दिए चेतावनी


1.9k
Shares

काठमाडौं, २५ जेठ । राजावादीहरुबीच भाँडभैलो मच्चिएको छ । राजावादी आन्दोलनको नेतृत्वको विषयमा विमति बढेपछि भाँडभैलो मच्चिएको हो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिमाथि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न उठाउँदै आएका थिए । उनले गृहजिल्ला झापा पुगेर वर्षायाम भन्दै आन्दोलन स्थगितको घोषणा गरे । नयाँ ढंगले आन्दोलन उचित समय पारेर गरिने बताए ।

लिङ्देनको भनाईपछि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले बुढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् । उनले लिङ्देनतर्फ संकेत गर्दै जनभावनालाई तुहाउने प्रयास गरिएको बताए ।

आन्दोलन युवाले तुहिन नदिने र सफल भएरै छाड्ने स्वागत नेपालले बताए । उनले हार नस्वीकार्ने र धैर्यतापूर्वक आन्दोलन सफल बनाएरै छाड्ने बताए ।

प्रतिक्रिया