२३ जेष्ठ २०८२, बिहिबार | June 5, 2025

अपरेशन सिन्दूरः युद्धमैदानमा चिनियाँ हतियारको मूल्यांकन र भारतको जीत


1.1k
Shares

जोन स्पेन्सरः भारतले पाकिस्तानमा अखडा बनाएर बसेका आतंकवादीविरुद्ध चलाएको हमला अपरेशन सिन्दूरले उसको शक्तिको परीक्षण गरेको छ । २१औं शताब्दीमा भारतको प्रतिरक्षा शक्तिको आधुनिकीकरणपछि यो पहिलो परीक्षणका रुपमा पनि लिइएको छ ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि मेक इन इन्डिया अभियान चलाए जसमा प्रतिरक्षा शक्तिको आधुनिकिकरण पनि थियो । यसको उद्देश्य विदेशी सैन्य सामाग्री आयात घटाएर भारतमै निर्माण गरी हतियारमा आत्मनिर्भर बन्नु थियो । भारतले हतियार निर्माणमा विदेशी लगानीको मार्ग खोलेर संयुक्त लगानीमार्फत् उत्पादन थाल्यो । जसका कारण ब्रम्होस मिसाइल, के ९ बज्र होविजर र ए के २०३ राइफल भारतमा बन्न थाल्यो । भारतले हतियार निर्माणमा प्रविधिमा विदेशीसँग साझेदारी गरेपनि आन्तरिक नियन्त्रण बढायो ।

सन् २०२० मा भारतको गलवान उपत्यकामा चीनसँग तनाव भयो । त्यहाँ झडप पनि भयो । त्यसपछि भारतले आत्मनिर्भर भारतको अभियान ल्याएर राष्ट्रिय सुरक्षामा पनि यसलाई लागू गरे । जसमा कतिपय हतियार आयातमा रोक लगाएर आधुनिक हतियार निर्माण र प्रविधिको विकासमा रिसर्च, डिजाइन र उत्पादनहरुमा जोड दिइयो । २०२५ भित्र भारतले घरेलु हतियारमा निर्भरतालाई ३० प्रतिशतबाट बढाएर ६५ प्रतिशतमा आफूलाई पुर्यायो । २०३० भित्र ९० प्रतिशतको लक्ष्य राखेको छ ।

२२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले अपरेशन सिन्दूर चलायो । आतंकवादीको अखडामाथिको यो हमलाका दौरान भारतको चुस्त दुरुस्त सैन्य शक्ति देखियो । यसले भारतको प्रतिरक्षाको रुपान्तरणको सामथ्र्य सीमापार आतंकवादीको सञ्जाल ध्वस्त पारेर प्रमाणित भयो । अपरेशन सिन्दूरका दौरान भारतले आफैले बनाएको हतियार पाकिस्तानले चीनले उपलब्ध गराएको हतियारविरुद्ध प्रयोग भयो । भारतले युद्धमैदानमा मात्र जित हासिल गरेन सैन्य प्रविधिमा पनि जित हासिल गर्यो । यो आतंकवादी हमलाको जवाफ मात्र थिएन भारतको आफ्नै अत्याधुनिक हतियारको सुरुवाती परीक्षण पनि थियो जुन मेक इन इन्डिया र आत्मनिर्भर भारत अन्तर्गत निर्माण गरिएका थिए ।

भारतको हतियार

ब्रम्होज सुपरसोनिक क्रुज मिसाइल

यो हतियार भारतले रुससँग मिलेर विकास गरेको हो । विश्वका शक्तिशाली र तिव्र गतिको हतियार मध्ये एक हो । ५०० किलोमिटरसम्म मार हान्न सक्ने हतियार राडार स्टेशन जस्ता संवेदनशील क्षेत्रमा मार हान्न सक्छ । तिव्र गति र राडारले पनि पत्ता लगाउन नसक्ने भएकाले यसलाई निष्प्रभावी बनाउन असम्भव जस्तै छ ।

आकास साम प्लस आकाशटिर प्रणाली
द आकाश सर्फेस टु एयर मिसाइल भारतको प्रतिरक्षा रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेशन र मिलिटरी रिसर्च एण्ड डेभलपमेन्ट एजेन्सी र भारत डाइनामिक्सले विकास गरेका हुन् । यो ३० किलोमिटरसम्म मार हान्न सक्ने र सबै मौसममा प्रहार गर्न सक्ने खालको छ । ड्रोन, क्रुज मिसाइल र लडाकु विमानमा प्रहार गर्न सक्ने यसको खूबी छ ।

रुद्रम एन्टी रेडिएसन मिसाइल
यो भारतले आफै निर्माण गरेको पहिलो एन्डी रेडिएसन मिसाइल हो । यसले दुश्मनको राडारलाई निष्प्रभावी बनाउन र एयर डिफेन्स नेटवर्कलाई निष्कृय बनाउन सक्छ । पाकिस्तानको जमिनमा रहेका राडारलाई यसले निष्कृय बनाउन सकेको थियो । यसले सीमा क्षेत्रमा खतरा आउँदा जानकारी दिन सफलता हासिल गरेको थियो ।

यसबाहेक भारतले आफैले बनाएको खतरा देखाउने र लडाकु विमानलाई नियन्त्रण गर्ने नेत्र नामको हतियार पनि प्रयोग गरेको थियो । पाकिस्तानको स्विडस साब २००० लाई लामो दूरीको मिसाइलले ध्वस्त पार्न यसको सफल प्रयोग भएको थियो ।

भारतले हारोप र स्काइस्ट्राइकर ड्रोनको पनि प्रयोग गरेको थियो । इजरायली एरोस्पेस र भारत इलेक्ट्रोनिकले संयुक्त रुपमा यसको उत्पादन गरेका थिए । मोबाइल राडार, पूर्वाधारहरु ध्वस्त पार्न यी ड्रोनको सफलतम प्रयोग भए ।

भारतले डी फोर एस नामको ड्रोन प्रतिरक्षा प्रणालीको पनि प्रयोग गरेको थियो । यो भारत आफैले उत्पादन गरेको हतियार हो । यसले चीनमा निर्माण भएको पाकिस्तानी ड्रोन पत्ता लगाएर ध्वस्त पार्ने या निष्कृय बनाउने सफलता हासिल गरेको थियो । अमेरिकाबाट आयात गरी भारतको उचाइका क्षेत्रमा हुने अपरेशनका लागि एम ७७७ लाइट होविजरको प्रयोग गरेको थियो । टी ७२ युद्धक ट्याँक र जोरावर हल्का ट्यांक पनि हिमालयक्षेत्रमा प्रयोग गर्यो ।

फ्रान्समा बनेको राफेल युद्धक विमानको प्रयोग अपरेशन सिन्दूरमा गरेको थियो । हजार किलोमिटरसमम मार हान्न सक्ने क्षमताका क्रुज मिसाइलको प्रहार गरी राफेलले सफलता देखायो ।

रुसी डिजाइनको भारतमा निर्मित दुई इन्जिनको द सु ३० एमकेआईको पनि भारतले अपरेशन सिन्दूरमा प्रयोग गरेको थियो । फ्रान्सको मिराज २०० ले पनि हमलामा आफ्नो करामत देखायो ।

भारतले अधिकांश आफैले निर्माण गरेको र कतिपय रुस र इजरायल जस्ता देशसँगको संयुक्त लगानीमा उत्पादन गरेका हतियारको प्रयोग गर्यो ।

पाकिस्तानी हतियारः चिनियाँ सिष्टम, रणनीतिक असफलता

पाकिस्तानले चिनियाँ हतियार प्रयोग गरेको थियो । जसमध्ये चीनले डिजाइन गरी पाकिस्तानमा बनाइएको जे एफ थन्डर पनि थियो । यो युद्धक विमान चीनमा निर्मित पाटपूर्जामा भर पर्दछ । तर, यसले भारतविरुद्ध प्रतिकार गर्ने सामथ्र्य देखाउन सकेन ।

अमेरिकाबाट पाकिस्तानले आयात गरेका एफ १६ युद्धक विमान प्रयोग गर्न पाएन । जे एफ १७ भन्दा प्रभावकारी यो हतियार अमेरिकाको अनुमति विना भारतविरुद्ध प्रयोग गर्न नपाउने सम्झौता छ । चीनले रुसको एस ३०० को नक्कल गरी बनाएको एच क्यु ९ प्रतिरक्षा प्रणाली भारतको ब्रम्होज र ड्रोनलाई रोक्न या निष्कृय बनाउन सफल हुन सकेन । चीनको एल वाइ ८० र एफ एम ९० हवाई प्रतिरक्षा प्रणाली भारतको ड्रोनलाई खसाल्न असक्षम भयो । चीनमै निर्मित सी एच ४ को प्रयोग गरेपनि धेरै भारतले खसालिदियो ।

स्वीडेनमा बनेको साब २००० ले पनि खासै काम गर्न सकेन । एउटालाई भारतको एस ४०० प्रणालीले ध्वस्त पारिदियो । यरी पाकिस्तानले मुख्य राडार स्टेशनहरु, युद्धक विमानहरु, दर्जनौं ड्रोनहरु गुमायो ।

पाकिस्तान हतियारमा निर्क परनिर्भर भएको देखियो । उसले चीनबाट उल्लेख्य संख्यामा हतियार खरिद गरिरहेको देखिन्छ । हतियारका लागि पाकिस्तान चीनसँग निकै निर्भर भएको प्रमाणित भयो । तर, उसको प्रतिरक्षा प्रणाली भारतका सामु निकै कमजोर देखियो ।

भारतले सार्वभौम शक्तिले लड्यो अपरेशन सिन्दूरका नामले । उसले आफ्नो अत्याधुनिक हतियार निर्माण सिद्ध मात्र गरेन युद्ध मैदानमा पाकिस्तानसँग तुलना हुननसक्ने गरी क्षमता देखायो । पाकिस्तानले चीनसँग निर्भर भई प्रोक्सी शक्ति जसरी युद्ध लड्यो । चीनले निर्यातका लागि बनाएको हतियारका भरमा पाकिस्तान लड्यो जुन उत्कृष्ट थिएन । जब युद्ध मैदानमा चुनौती आयो ती हतियार र सैन्य प्रणाली विफल भए । यसले इस्लामावादको प्रतिरक्षा अवस्थाको खोक्रोपन उजागर भयो ।

पाकिस्तान हतियारमा निर्क परनिर्भर भएको देखियो । उसले चीनबाट उल्लेख्य संख्यामा हतियार खरिद गरिरहेको देखिन्छ । हतियारका लागि पाकिस्तान चीनसँग निकै निर्भर भएको प्रमाणित भयो । तर, उसको प्रतिरक्षा प्रणाली भारतका सामु निकै कमजोर देखियो ।

विश्व बजारमा भारतसँगको अत्याधुनिक हतियारको विषय चासोमा पर्यो । हतियारमा आत्मनिर्भर भई उसले अत्याधुनिक हतियार उत्पादन गरिसकेको देखियो । भारतको हतियारको माग ह्वात्तै बढ्यो । मे महिनामा मात्र भारतको हतियार कम्पनीको शेयर ह्वात्तै बढ्यो । विश्व बजारमा भारतको हतियारको माग पनि बढ्न पुग्यो । जबकि चिनियाँ हतियार निर्माण कम्पनीहरुको शेयर घट्यो । एभिक, नोरिन्को, सिइटीसी जस्ता कम्पनीलाई धक्का लाग्यो ।

अपरेशन सिन्दूर भारतको सैन्य अपरेशनमा मात्र सिमित भए । यो भारतको प्रविधिको सामथ्र्यको प्रदर्शन पनि बन्यो । भारतको हतियारमा विश्वका विभिन्न देशले चासो राख्न थाले । मार्केटिङ र माग देखियो । भारतले सँसारलाई आधुनिक युद्धका लागि आत्मनिर्भरता देखायो । आत्मनिर्भर भारतको सफल कार्यान्वयन देखियो । –युद्धसम्बन्धी अध्ययनकर्ता तथा पूर्व अमेरिकी सैनिक स्पेन्सरको ट्वीटबाट

प्रतिक्रिया