२३ जेष्ठ २०८२, बिहिबार | June 5, 2025

बलुचिस्तान विद्रोहबाट चीन-पाकिस्तान सम्बन्धमा असर


913
Shares

विपिन देवः साम्राज्यवाद र उपनिवेशवादद्वारा फैलाएको जाल र झेलको दस्तुर दक्षिण गोलाद्र्वका मुलुकहरू हालसम्म भोगिरहेका छन् । वर्तमान परिवेशमा बलुचिस्तान पाकिस्तानको एक प्रान्त रहेको छ । पाकिस्तानको ४५ प्रतिशत भू(भाग ओगेटोको बालुचिस्तान प्राकृतिक सम्पदा र खनिज पदार्थको हिसाबले अब्बल प्रान्तको रूपमा रहेको छ । जनसंख्याको हिसाबले बालुचहरू मात्र ५ प्रतिशत छन् । बालुच प्रान्तको आफ्नै भाषा, संस्कृती र पहिचान छ । यो समाज इश्लामीकरणको बाटोमा गएको देखिदैन ।

सन् १८३८ मा नै बालुचहरू बेलायती साम्राज्यसँग सन्धी गरेर आप्mनो छुट्टै छवि र पहिचानका साथ साम्राज्यवादको छायामा बसेका थिए । “बालुचिस्तान” को पूरानो नाम कलाथ हो । कलाथको शासक खान रहेका थिए । खान आफ कलाथको कानुनी सल्लाहकार वा सरकारी वकिलको रूपमा स्वयं जिन्हा (पाकिस्तानका जन्मदाता) रहेका थिए । सन् १९४६ अगस्त ४ मा जिन्हा र खान आफ कलाथ विच एक सम्झौता भएको थियो । तदनुरूप बेलायती साम्राज्यवाद स्वतन्त्र हुने बित्तिकै बलुचिस्तान एक स्वतन्त्र राष्ट्रको रूपमा रहने उक्त सन्धी अभिप्रेरित रहेको थियो ।

भारत र पाकिस्तान स्वतन्त्र राष्ट्रको रूपमा उदियमान भए जस्तै बलुचिस्तान पनि विश्व भूगोलमा एक स्वतन्त्र राष्ट्रको रूपमा उभिएको थियो । बलुचिस्तान स्वतन्त्र रहे तापनि सन् १९४८ मार्च महिनामा पाकिस्तानी सैनिक बलुचिस्तानका खानलाई बन्दुकको नोकमा पाकिस्तानमा बलुचिस्तान गाभ्न वाध्य गराए । अर्थात् खान ऑफ कलाथलाई धोका दिन जिन्हा सफल भए । खान ऑफ कलाथका भाई अबदुल करिमले सन् १९४८ मा एक पत्रद्वारा पाकिस्तानको भावी स्वरुपलाई मुखरित गरेका छन् । तिल्क देवासरले आफ्नो पुस्तक “बालुचिस्तान कननडरम” मा उक्त पत्रको सुन्दर चर्चा गरेका छन् । करिम अनुसार पाकिस्तानमा बँगाली, सिन्धी, बालुच लगायत अन्य अल्पसंख्यकहरूको जीवन पूर्ण रूपमा त्रासदीमा बित्ने छन् र सम्पूर्ण पाकिस्तानमा पञ्जाव प्रान्तका रहेका शोसक वर्गको हाली मुहाली हुनेछ । करिमले सन् १९४८ मा नै पाकिस्तान पूर्ण रूपमा सैनिक शासकद्वारा सञ्चालन हुने भविष्यवाणी गरेका थिए । वर्तमान परिवेशमा बलुचिस्तान प्रदेश प्रान्तमा विद्रोहको ज्वारभाटा बिष्फोट भएको देखिन्छ । बलुचीस्तान लिवरेशन आर्मी (वि.एल.ए) ले उक्त प्रदेशको ११ जिल्ला  कब्जामा रहेको समेत उद्घोष गरेका छन् । वि.एल.ए. विद्रोहीहरूलाई हात हतियार र सूचना सहयोग गर्ने तालीवानका लडाकाहरूले गर्ने गरको छ । विगतका दिनमा विएलले “जाफर ट्रेन” नै अपहरण गरेर पञ्जावी समुदायलाई लक्षित गर्दै हत्या गरेका थिए ।

बलुचिस्तानको शैली तालीवानहरू जस्तै रहेको छ । बलुचिस्तानमा भइरहेको गतिविधिले चीन पाकिस्तान सम्बन्धलाई प्रभावित गर्ने जानकारहरूको बुझाई रहेको छ । चीन पाकिस्तान बीच सात दशकदेखि सघन सम्बन्ध रहिआएको छ । यसका विभिन्न आयमहरू छन् । भौगोलिक बनौटका कारणले पाकिस्तानको नाकाबाट अरब समुद्र हुदै मध्य एसियामा सहज पहुच हुने चीन पाकिस्तान मैत्रीको लक्ष्य रहेको छ । वर्तमान परिवेशमा पाकिस्तान अमेरिकी क्याम्पमा नरहेकोले समेत चीन पाकिस्तान सम्बन्ध सहज रहेको छ । चीनको सिञ्याङ्ग प्रान्त लगायत अन्य प्रान्त मुस्लिम विद्रोहलाई मत्थर गर्न समेत चीनलाई पाकिस्तानको सहयोग आवश्यक रहेको छ । हिन्द प्रसान्त क्षेत्रमा सैनिक पकड बनाउन समेत पाकिस्तानको सहयोग चीनको लागि आवश्यक देखिएको छ ।

सन् १९४८ देखि नै पाकिस्तानले इस्लामिक बल्र्डको स्वघोषित आणविक नेताको रूपमा घोषणा गरेको छ । अर्थात् इस्लामिक बल्र्डमा समेत पाकिस्तानको प्रभावलाई उपायोग गर्ने चीनिया रणनीति रहेको छ । इतिहासको एक कलाखण्डमा चीन र अमेरिका विच सघन सम्बन्ध बनाउन पाकिस्तानको भूमिका उल्लेख्य रहेको थियो । पाकिस्तानी सैनिक जहाजमा नै हेनरी किसिनजर चीन गई चीनिया राष्ट्रपति देङ्गसंग भेट घाट गरेका साथ साथै चीनले पाकिस्तानको माध्यमबाट भारतलाई दबाबमा राख्न समेत सामरिक नीति परिचालित गरेको पाइन्छ ।

चीनको बलुचिस्तान प्रान्तमा रहेका ग्वादर बन्दरगाहलाई आधुनिकीकरण गर्न भिमकायी योजना लागु गरेका छन् । सिपेक योजना अन्तर्गत ग्वादर बन्दरगाहलाई आधुनिकीकरण गरेको खण्डमा कालान्तरमा चीनिया जङ्गी अड्डा समेत उपस्थिति हुने चीनिया रणनीति रहेको छ । हुनतः सिपेक अन्र्तगत ११ वटा गुरुयोजनाहरू समेत लक्षित रहेको छ । ५ लाख करोडको उक्त योजनालाई चीनको ठुलो लगानीको रूपमा लिन सकिन्छ । चीनिया गुरुयोजनालाई वि.एल.ए.ले पूर्ण रूपमा प्रतिवाद गर्दै चीनिया कामदारहरूको हत्या गरेका छन् । निरन्तर रूपमा चिनियाँ कामदार र अधिकारीहरू वि.एल.ए.को तारो भएका छन् । वि.एल.ए. अनुसार चीनले अति आधुनिक प्रविधिबाट समुद्रबाट माछा मार्नुको साथै खनिज पर्दाथको समेत दोहन गरको हुंदा बालुचीस्तानको माटोमा चीनिया उपस्थिति बालुचीस्तानीलाई पॉच्य रहेको देखिदैन । आउने दिनमा बालुच विद्रोह चुलिएको खण्डमा सिपेक पूर्ण रूपमा प्रभावित हुने र त्यसको असर चीन पाकिस्तान सम्बन्धमा समेत पर्ने देखिन्छ ।

प्रतिक्रिया