२१ जेष्ठ २०८२, मंगलबार | June 4, 2025

के जनताले बिर्सिए वीरेन्द्रको वंशनाश ?


415
Shares

काठमाडौं, १९ जेठ । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश भएको २४ वर्ष पूरा भई २५ वर्षमा प्रवेश गरेको छ । यो घटनापछि नेपाली जनतामा ठूलो शोक र आक्रोश थियो । तर, समयले विस्तारै शान्त पार्दै लग्यो जनतामा । तर, अझै यो घटनाको सरकारी प्रतिवेदनमाथि जनताले प्रश्न उठाउने गरेका छन् ।

१९ जेठ २०५८ मा भएको उक्त हत्याकाण्डको सरकारी छानविन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहलाई दोषी ठहराएको छ । दिपेन्द्रले हत्या गरी आफूले आत्महत्या गरेको छानविन समितिको रिपोर्ट छ । तर, अझैपनि सर्वसाधारण यसलाई मान्न तयार छैनन् ।

हत्याकाण्डमा वीरेन्द्र, उनकी पत्नी ऐश्वर्या, छोरा निराजन, छोरी श्रुतीका अलावा राजपरिवारका नातेदार शान्ति राज्यलक्ष्मी शाह, जयन्ती शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाह मारिएका थिए । उनीहरु सबै दिपेन्द्रको फायरिङबाट मारिएको प्रतिवेदनमा भनिएको छ ।

उक्त घटनामा पूर्वरानी कोमल शाहका अलावा दरबारका नातेदार शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याण्डले नेपालमा राजतन्त्र अन्त गर्ने मार्ग तयार गरेको थियो । त्यसपछि राजा भएका ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा भए । नेपालको राजसंस्था अन्तको बिन्दु बन्यो दरबार हत्याकाण्ड ।

प्रतिक्रिया