२१ जेष्ठ २०८२, मंगलबार | June 4, 2025

राजावादी आन्दोलन समितिको बन्द घोषणाप्रति राप्रपाको विमतिपछि फिर्ता


664
Shares

काठमाडौं, १९ जेठ । राजावादीको आन्दोलन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेको थियो आइतबार साँझ । नवराज सुवेदीको विज्ञप्तिमार्फत् बन्द घोषणा भएपछि राप्रपाले त्यसमा विमति जनायो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बन्द हड्ताको विपक्षमा रहेको स्पष्ट पार्यो । त्यस लगत्तै सुवेदीले बन्द फिर्ता लिए ।

राप्रपासँग बन्द घोषणामा कुनै सल्लाह नगरिएको यसबाट बुझियो । आन्दोलन समितिभित्र मतभेद आइतबार देखियो ।

कमल थापालाई पक्राउ गरिएको विरोधमा आन्दोलन कमिटीले बन्द घोषणा गरेको थियो । थापा आइतबार साँझ नै रिहा भए ।

प्रतिक्रिया