पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं, १७ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । शनिबार मध्यरातिबाट लागू हुनेगरी प्रतिलिटर दुई रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
आयल निगमले सूचना जारी गरे अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूलय प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य ३ रुपैयाँले घटेर प्रतिलिटर ११८ रुपैयाँ कायम गरेको छ । एलपी ग्याँसको मूल्य यथावत छ ।