२० जेष्ठ २०८२, सोमबार | June 2, 2025

बेलायती राजदूतले गरेको बलिङमा भारतीय राजदूतको ब्याटिङ


332
Shares

काठमाडौं, १७ जेठ । त्रिवि क्रिकेट मैदानमा शनिबार रोचक दृश्य देखियो । भारतीय राजदूत नविन श्रीवास्तवले बेलायती राजदूत रब फेनको बलिङमा ब्याटिङ गरे । यो प्रथम भारतीय राजदूत क्रिकेट प्रतियोगिताको उदघाटनको दृश्य थियो ।

राजदूतद्वयले बलिङ र ब्याटिङ गरेर उदघाटन गरेको प्रतियोगितामा छ टिम सहभागी छन् । जसमा भारतीय राजदूतावास, बेलायती राजदूतावास, परराष्ट्र मन्त्रालय, नेपाल पत्रकार महासंघ, कर्पोरेट्स र प्रवासी भारतीयको टिम रहेको छ ।

चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेल परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासबीच भयो ।

प्रतिक्रिया