नारायणहिटी दरबारमा सरकारले किन जारी गर्यो निषेधाज्ञा

काठमाडौं, १७ जेठ । यतिबेला नारायणहिटी दरबार चासोमा छ । राजावादीहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई दरबारको गद्दीमा बसाउने आन्दोलनमा छन् । शाहपनि दरबारमा जानेआउने गर्न थालेका छन् ।
नातिसहित दरबार पुगेर उनले सन्देश दिए । दरबार क्षेत्रमा राजावादीको गतिविधि बढेपछि सरकारले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
१७ जेठबाट लागू हुने निषेधाज्ञा २४ असारसम्म रहनेछ । पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराऊ, जुलुस, प्रदर्शन सभाजस्तो विरोधका कार्यक्रम नारायणहिटी क्षेत्रमा निषेध गरिएको छ ।
राजसंस्थाको अन्तपछि नारायणहिटी दरबार छाडेका थिए पूर्वराजा ज्ञानेन्द्र शाहले । उनकी आमा रत्न भने त्यहीको महेन्द्र मञ्जिलमा बस्छिन् । सरकारले नारायणहिटीलाई संग्राहलय बनाएको छ ।