बिजलपुरामा भैंसी पढ्ने स्कुल (भिडियोसहित)

महोत्तरी, १६ जेठ । यो बिजलपुराको बगाएको पुल हो । ७ वर्षअघि यहाँ पुल बगायो तर अझै बनेको छैन ।
बर्दिवास शहर नजिकैको बिजलपुराको यो पुल कृषकका लागि निकै महत्वपूर्ण छ । कृषकहरु कृषि उत्पादनका लागि आवतजावत गर्ने पुल नहुँदा वर्षायाममा जोखिम छ । स्थानीयहरु आवतजावत् गर्न पाउँदैनन् । तर, अझै पुल बनाउने तत्परता भएको छैन ।
कुर्थाबाट १७ किलोमिटर टाढाको बिजलपुरामा समस्याहरु बढ्दै गएका छन् । युवाहरु विदेशिएका छन् । विकासमा पछि पारिएपछि जनता आक्रोशित छन् ।
बिजलपुरामा रहेको विद्यालयको हालत बेहाल छ । त्यहाँ विद्यालय क्षेत्रमा भैंसी राखिन्छ । मान्छे पढ्ने स्कुलमा भैंसीको चहलपहल छ ।