१८ जेष्ठ २०८२, शनिबार | June 1, 2025

सांसद वीरेन्द्र सिंहले गरे अमरेश सिंहको भण्डाफोर (भिडियोसहित)


1.1k
Shares

सर्लाही, १६ जेठ । नेपाली काँग्रेसका सांसद वीरेन्द्र सिंहले स्वतन्त्र सांसद अमरेश सिंहको भण्डाफोर गरेका छन् । उनले अमरेशको व्यक्तिगत जीवन देखि राजनीतिक गतिविधिसम्मको भण्डाफोर गरेका हुन् ।

सर्लाहीमा काँग्रेसका प्रभावशाली नेता समेत रहेका सिंहले विगतमा अपहरणको शैलीमा महिलामाथि अत्याचार गरेको बताए । उनले भने, ‘अमरेश सिंहले महिलालाई अपहरणको शैलीमा भारतबाट ल्याएर शोषण गर्नुभयो ।’

सिंहले अकूत सम्पत्ति आर्जन गरेको आरोप पनि लगाए । दिल्लीमा दश करोडको फ्ल्याट राखेको समेत खुलासा गरे । काठमाडौंमा एउटै ठाउँमा तीनवटा घर भएको र झापामा पनि जग्गा किनेको बताए । वीरेन्द्र सिंहले अमरेशले घर बनाउँदा सामानको पैसा पनि नतिरेको बताए । अमरेशले चीया देखि खानासम्म सित्तैमा खाने गरेको आरोप लगाए ।

प्रतिक्रिया