लालाबालासहित आमाको हत्याका आरोपी पक्राऊ

काठमाडौं, २४ जेठ । बुटवलको मिलिजुली पथमा आमा र छोराछोरीको विभत्स हत्या भएको छ । हत्याका आरोपी युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २७ वर्षीया महिला र उनका ७ र ४ वर्षका छोरीहरुको घाँटी अठ्याएर हत्या भएको हो ।
घटनाका आरोपी सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान बढाइएको छ । हत्याको कारण खुलाइएको छैन ।