८ श्रावण २०८२, बुधबार | July 23, 2025

सुखिपुरका मेयर रामऔतारले गरेका कराडौं भ्रष्टाचारको खुलासा (भिडियोसहित)


13.8k
Shares

सिराहा, १३ जेठ । सुखिपुर नगरपालिकामा एकपछि अर्को भ्रष्टाचार बढेका छन् । मेयर राम औतार यादवले समूह नै बनाएर नगरपालिकामा संगठित भ्रष्टाचार बढाएको खुलासा भएको छ ।

इन्जिनियर समेत रहेका सुखीपुरका राजनीतिज्ञ जिबछ यादवले सडक निर्माणमा व्यापक भ्रष्टाचार भएको खुलाएका हुन् । उनले पैसा ठूलो खर्च भएको तर विकास त्यस अनुसार नभएको बताए । उनले भने, ‘पैसा हेर्दा र विकास हेर्दा व्यापक भ्रष्टाचार भएको छ ।’

इन्जिनियर जिबछ झाले नगरपालिकामा भएको व्यापक भ्रष्टाचारका कारण धेरैजना जेल जानुपर्ने बताए । लाहानमा बसेर मेयर राम औतार यादवले ठूलो डिलिङहरु गर्दै आएको बताए ।

एउटै सडकमा दुई दुईवटा कोटेशन दिएर कमिशन र भ्रष्टाचार भइरहेको खुलासा गरे । शिक्षक भइसकेका मेयर यादव झुटो बोल्ने र भ्रष्टाचारमा डुब्ने गरेको बताए ।

प्रतिक्रिया