१२ जेष्ठ २०८२, आइतबार | May 26, 2025

युवा संघ सचिवको रेशमा रेशु


6.9k
Shares

काठमाडौं, ११ जेठ । यतिबेला नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशन पोखरामा चलिरहेको छ । महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षीहरुको भीड नै छ । त्यसमध्ये केन्द्रिय सचिव पदका लागि स्थायी कमिटी सदस्य रेशु तामाङ रेशमा छिन् ।

‘भिजन रेसु’ नारासहित तामाङले युवाहरूबीच स्पष्ट योजना, नेतृत्व क्षमता र संगठनप्रतिको प्रतिबद्धताका साथ आफूलाई प्रतिष्पर्धामा होमेकी छिन् । रेशुलाई सशक्त, सक्रिय र दूरदर्शी नेताका रूपमा हेरिएको छ।

तामाङ लामो समयदेखि एमालेको विद्यार्थी र युवा आन्दोलनमार्फत पार्टीमा योगदान दिँदै आएकी छन्। संगठन निर्माणदेखि अभियान सञ्चालनसम्म उनको भूमिकालाई नेताहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। विशेषगरी युवासंघलाई प्रविधिमैत्री, समावेशी र प्रभावशाली बनाउने उनको भिजन महाधिवेशनमा सहभागी युवाहरूबीच सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया