१२ जेष्ठ २०८२, आइतबार | May 26, 2025

रोशनी शाहीको रहस्यमयी मृत्यु


1.2k
Shares

काठमाडौं, ११ जेठ । तत्कालीन सभामुख कृष्णबहादुर महरा राजीनामा दिन वाध्य भएको प्रकरणकी मुख्य पात्र हुन् रोशनी शाही । यो घटनाले केही वर्ष अघि राजनीतिलाई नै तरंगित पारेको थियो । उनै शाही भक्तपुरमा मृत फेला परिन् ।

आइतबार बालकोटको बृहस्पति मार्गस्थित डेरामा ५० वर्षीया शाही मृत अवस्थामा फेला परेकी हुन् । उनी एक्लै बस्दै आएकी थिइन् डेरामा ।

तीन तल्ले घरको पहिलो तल्लामा रोशनीको घोप्टो परेको अवस्थामा मृत शरीर भेटिएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको मृत्युको कारणबारे पोष्टमार्टमबाट मात्र पत्ता लाग्ने प्रहरीले जानकारी दिएको छ ।

कृष्णबहादुर महरा सभामुख हुँदा रोशनीले बलात्कारको आरोप लगाइन् । पछि शाहीले नै आरोप मात्र लगाएको भनेपछि महराले सफाई पाए । तर, उनको राजनीतिक जीवनमा ठूलो धक्का लाग्यो ।

प्रतिक्रिया