१२ जेष्ठ २०८२, आइतबार | May 26, 2025

दुर्गा प्रसाईँ, धबल र रवीन्द्रमाथि के के मुद्दा


498
Shares

काठमाडौं, ११ जेठ । राजावादी आन्दोलनमा भएको हिंसामा दुर्गा प्रसाईँसहित ६५ जनाविरुद्ध अभियोग दर्ता भएको छ । १५ चैत्रमा भएको तीनकुने घटनामा पक्राऊ परेकामध्ये अधिकांशलाई राज्यविरुद्धको कसूरमा काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता भएको हो ।

दुर्गा प्रसाईँलाई राज्यविरुद्ध कसुर, आपराधिक उपद्रव, हत्या, संगठित अपराध, ज्यान मार्ने उद्दोग र एकीकृत कसुरमा सजायको मागदाबीसहित सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता भएको हो ।

राप्रपा महामन्त्री धबल शमशेर जबराविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागसहित मुद्दा दायर भएको छ ।

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध राज्यविरुको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागदाबीसहित अभियोजन दर्ता भएको छ ।
तीनकुने घटनामा दुईजनाको ज्यान जानुका साथै दर्जनभन्दा बढी घाइते भएको घटनामा प्रसाईँसहितलाई आरोपी बनाइएको छ ।

प्रतिक्रिया