हरिनन्दन यादवमाथि शिवपुजन रायको गुण्डागर्दी, के सम्म गरे (भिडियोसहित)

मलंगवा, ११ जेठ । सर्लाहीमा शिवपुजन रायले गिरोह नै बनाएर विरोधीलाई त्रसित बनाउने गतिविधि बढाएका छन् । उनले विरोधीलाई त्रसित बनाउन आक्रमण गर्न लगाएका छन् । यसको पछिल्लो तारो काँग्रेसका युवा नेता हरिनन्दन यादव परेका छन् ।
मलंगवा बाट घर फर्किने क्रममा रामनगर गाउँपालिका प्रमुख पदको प्रत्यासी रहिसकेका हरिनन्दन यादवलाई हुलाकी सडकको वगदह चिनीमिल नजिक शिवपुजन रायको भतिज राहुल यादव र गुड्डु भनिने पुरुषोत्तम यादवको नेतृत्पवमा एउटा समूहले आक्रमण गरे । १४ जनाको समूहमा तीनवटा गाडीमा आएकाहरुले हरिनन्दनको गाडी तोडफोड मात्र गरेनन कुटपिट र लुटपाट समेत गरे ।