९ जेष्ठ २०८२, बिहिबार | May 22, 2025

लिगमा खराब प्रदर्शन गरेको टोटनहामले युरोपा लिगमा बाजी मारेपछि…


664
Shares

एजेन्सी, ८ जेठ । इंग्लिस ए डिभिजन फुटबल टिम टोटनहेमको यो सिजत सुखद रहेन । टोली रेलिगेशनबाट धन्न जोगिएको छ । रेलिगेशनमा परेको टोलीभन्दा ठिक माथि १७औं स्थानमा छ ।

खरब सिजन चलिरहेको टोटनहामका लागि युरोपा लिग भने सुखद रह्यो । टोली फाइनलमा पुगेर म्यानचेस्टर युनाइटेडलाई १(० ले पराजित गर्न सफल रह्यो । गएराति कप उचालेको टोटनहाम च्याम्पियन्स लिगमा स्वतः छनोट भयो ।

इंग्लिस ए डिभिजन क्लबका शीर्ष चार मात्र च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । टोटनहाम युरोपा लिग जितेर छनोट हुनसक्यो ।

टोटनहामका कप्तान सन हुङ मिनले कप उचालेर इतिहास रचे । उनी युरोपको महत्वपूर्ण उपाधि जित्ने फुटबल टिमको पहिलो एशियाली मूलका कप्तान बने । १७ वर्षपछि टोटनहामले पहिलोपटक महत्वपूर्ण उपाधि जितेको छ ।

प्रतिक्रिया