९ जेष्ठ २०८२, बिहिबार | May 22, 2025

सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण


249
Shares

काठमाडौं, ८ जेठ । सेवा र विकासका लागि युवाले नुवाकोटको ककनी गाउँमामा रहेका तीन विद्यालयमा शैक्षिक सामाग्री वितरण भएको छ । श्री काउले देवी ककनी ब्राइटर मावि, श्री विरेन्द्र प्राथमिक विद्यालय, श्रीसरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय, र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सामग्री वितरण कार्यक्रममा सेवा र विकासका लागि युवाले सञ्चालन गरेको शैक्षिक सामग्री वितरण अभियान समाजका आवश्यकतामा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर अध्ययनमा सहयोग पुर्‍याउने उदेश्यले वितरण गरिएको परिषद्का महासचिव दिनेश कार्कीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघका प्रचार प्रमुख डा.दीपक कुमार अधिकारीले समाजमा हुने खाने वर्गले हुँदा खाने समुहलाई साथ र सहयोग गरेर अगाडि बढनु पर्ने र सधैंव विदेशी दातृ संस्था र व्यक्तिको आशा र भरोसामा बस्नु नहुने बताए । सोही अनुसार सेवा र युवाले यस्तो सकारात्मक सहयोगी अभियान सञ्चालन गरेको बताए ।
जेष्ठ ०७ गते बुधबार गरिएको वितरण कार्यक्रममा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख एवं नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.दीपक कुमार अधिकारी, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्की, ककनी गाउँपालिका दुई नम्बर वडाका अध्यक्ष कृष्ण घिमिरे, वडा नम्बर पाँचका वडा अध्यक्ष बुद्व लामा, समाजसेवी एवम् व्यवसायी दावा लामा, विद्यार्थी परिषद् राष्ट्रिय मिडिया संयोजक एवम् छात्र विचार पत्रिकाका सम्पादक कृष्ण हुमागाईं, हिमाल दृष्टि मासिकका सह सम्पादक रविराज रिमाल, काउले देवी ककनी ब्राईटर माध्यमिक विद्यालयका प्राचार्य रामेश्वर अधिकारी लगायत त्यस गाउँकाका ५ वटै विद्यालयका प्राचार्य एवम् शिक्षक शिक्षिकाहरू, समाज सेवी युवा व्यवसायी र शिक्षकहरूको विशेष उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियोे ।

कार्यक्रममा महिला समूह र दिदीबहिनीहरूलाई हिन्दू स्वयंसेवक संघको ३ सयवटा उपयोगी झोला पनि वितरण गरिएको थियोे ।

प्रतिक्रिया