८ जेष्ठ २०८२, बुधबार | May 22, 2025

पाकिस्तान टुक्राउन खोज्ने बलुचिस्तान लिबरेशन आर्मीको खतरनाक हमला


2.7k
Shares

एजेन्सी, ७ जेठ । पाकिस्तानमाथ बलुचिस्तानको पृथकतावादी गतिविधि चुनौती बनिरहेको छ । पछिल्लो समय बलुचिस्तानमा डरलाग्दा हमलाहरु भएका छन् पृथकतावादीबाट । बलुचिस्तान लिबरेशन आर्मीको नामबाट आतंकवादी गतिविधि बढ्न थालेको छ ।

रेल नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै स्कुल बसलाई तारोमा पारेर आत्मघाती हमला भएको छ यो हप्ता । खुजदर जिल्लामा भएको घटनामा ठूलो संख्यामा हताहती भएको छ ।

बलुचिस्तानका पृथकतावादीले पाकिस्तानबाट अलग भएको घोषणा समेत गरेका छन् । उनीहरुले पाकिस्तानी सेना, कर्मचारी मात्र नभएर त्यहाँ रहेका चिनियाँ लगानीका परियोजनामाथि तारो बनाइरहेका छन् ।

यो घटनालाई लिएर पाकिस्तानले भारतमाथि औंला ठड्याएको छ । तर, भारतको विदेश मन्त्रालयले स्कुलबसमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै मृतकप्रति शोक व्यक्त गरेको छ । उसले पाकिस्तानले पहलगाममा भएको आतंकवादी हमलापछिको घटनालाई अन्यत्र मोड्न आरोप लगाएको भनेको छ ।

प्रतिक्रिया