८ जेष्ठ २०८२, बुधबार | May 21, 2025

ओली सरकारको खड्को टर्यो, अर्को चाँडै आउँदै


1.5k
Shares

काठमाडौं, ८ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारको खड्को टरेको छ । गभर्नर नियुक्ति विवादले सरकार ढल्ने अवस्था बनिसक्दा सहमति बनेसँगै सरकार ढल्नबाट जोगिएको हो ।

विश्व पौडेललाई नाटकीय ढंगबाट नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नेपाली काँग्रेस सफल भएको छ । उनलाई बनाउन गुणाकर भट्टमाथि विभिन्न अवरोध सृजना गरियो । यतिसम्मकी अदालतमा मुद्दा समेत दायर गरेर अप्ठ्यारो पारियो ।

अदालतमा विश्व पौडेलविरुद्ध पनि मुद्दा हालिएकोमा खारेज गरियो । जबकि पौडेल गभर्नर सिफारिश समितिको सदस्य थिए । उनी नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि भएका थिए ।

काँग्रेससँग सिधै जोडिएका पौडेलको नियुक्तिमा अनेकन प्रश्न उठाइयो । तर, उनलाई कसैले रोक्न सकेन ।

ओली सरकारको खड्को टरेको छैन । ५२ जना संवैधानिक आयोगका अधिकारीबारे सर्वोच्च अदालतले दिने फैसलाले पनि भविष्यमा पार्ने असरको अनुमान गर्न सकिन्छ । ५२ जनाको नियुक्ति खारेज भएमा त्यसमा पुनः पदपूर्तिका लागि संवैधानिक परिषदको बैठक बस्नुपर्ने हुन्छ । परिषदको अंकगणितले सत्ताको नयाँ खेल चल्न सक्छ । त्यतिबेला ओली सरकार अप्ठ्यारोमा परेमा आश्चर्य नमाने हुन्छ ।

 

प्रतिक्रिया