को हुन् नवनियुक्त गभर्नर विश्व पौडेल

काठमाडौं, ६ वैशाख । विश्व पौडेलको गभर्नर नियुक्ति लामो दाउपेचपछि मात्र भयो । गभर्नर नियुक्ति गर्न बनेको समितिको सदस्य बनेका उनी आफै गभर्नर नियुक्त हुनुलाई लमी नै दुलाहा बनेको घटनासँग पनि तुलना गरियो ।
अमेरिको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेका पौडेलसँग आइएलओको आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भए । उनी इसिमोडको बोर्ड अध्यक्ष समेत भएका थिए ।
आरजु देउवाको लगानी रहेको युलियन्स स्कुलमा पौडेल २०१९ देखि २०२१ सम्म ट्रस्टी पनि भएका थिए ।
नेपाली काँग्रेसमा आवद्ध भई पौडेल चितवनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि भएका थिए । उनी चितवनबाट रास्वपाका हरि ढकालसँग २०७९ को चुनावमा पराजित भएका थिए । चुनाव हारेपनि भाग्यले उनलाई गभर्नरको पदमा पुर्याएको छ ।