६ जेष्ठ २०८२, सोमबार | May 19, 2025

शेख हसिनाको पक्षमा लागेकोमा नायिका फरिया पक्राउ


0
Shares

एजेन्सी, ५ जेठ । बँगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना पक्षधर चर्चित नायिका नुसरत फरिया पक्राउ परेकी छिन् । उनलाई ढाकाको विमानस्थलबाट पक्राउ गरिएको हो ।

आइतबार थाइल्यान्ड उड्न लाग्दा फरियालाई सुरक्षाकर्मीले पक्राउ गरे । उनीमाथि विद्यार्थी आन्दोलनविरुद्ध लागेको आरोप छ । फरियाले शेख हसिना पक्षधर आन्दोलनकारीलाई सघाएकी थिइन् ।

बँगालदेशमा हसिना अपदस्थ भएपछि उनी समर्थकलाई पक्राउ गर्ने र आक्रमण गर्ने घटना बढेको छ ।

प्रतिक्रिया