युक्रेन युद्ध अझै अन्त नहुँदा विश्वव्यापी चुनौती

एजेन्सी, ५ जेठ । युक्रेन युद्ध अन्त नहुँदा विश्वव्यापी चुनौती बढेको छ । रुसले युक्रेनमाथि हमला गरेको तीन वर्ष बित्दा पनि युद्धविराम हुन सकेको छैन ।
रुस युक्रेनबीच युद्ध अन्तका लागि पहिलो चरणको वार्ता भएको छ । तर, निर्णायक वार्ता हुन सकेको छैन ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि युद्ध अन्त भइहाल्ने आँकलन गरिएको थियो । तर, अझै कुरा मिल्न सकेको छैन ।
अमेरिकाले युक्रेनबाट स्रोतमा पहुँच बनाएको छ । त्यसपछि उसले नयाँ रणनीति बनाएको छ ।