५ जेष्ठ २०८२, आइतबार | May 18, 2025

दक्षिण एशियामा अशान्ति बढाउँदै नोबल शान्ति पुरस्कार विजेता युनुस


913
Shares

एजेन्सी, ४ जेठ । बँगलादेशका अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुस नोबल शान्ति पुरस्कार विजेता हुन् । उनले शान्ति पुरस्कार पाएर विश्वभर चर्चा बटुले । तर, उनै युनुस अहिले बँगालदेशभित्र मात्र नभई दक्षिण एशियामै अशान्ति मच्चाउने कारक बन्न थालेका छन् ।

युनुसले बँगलादेशमा शेख हसिनाको सत्ता पल्टाउने विद्रोहबाट अवसर पाए सरकारको नेतृत्व गर्न । त्यो विद्रोहले बँगलादेशमा हिन्दूमाथि आक्रमणको घटना धेरै गरायो । युनुस सरकार प्रमुख भएपछि हिन्दूहरु झन् तारोमा परे । उनीहरु थालथलोबाट लखेटिए ।

युनुस अहिले दक्षिण एशियामा पश्चिमा र चीनको उपस्थिति बढाउन सक्रिय भएका छन् । उनले चीकन नेक भनिने भारतको सात राज्य आसाम, मेघालय, अरुणाञ्चललगायतलाई भूपरिवेष्ठित भने । यतिसम्मकी चीनको आर्थिक संलग्नता त्यस क्षेत्रमा बढाउने विषय ल्याए । बँगलादेशको भारतसँग नजिक क्षेत्रमा हवाई हड्डा बनाउन चीनलाई जिम्मा लगाएका छन् ।

युनुसले भारतलाई चिढ्याउने कदम चालिरहेका छन् । भाषाका आधारमा बनेको बँगलादेशलाई इस्लाम राष्ट्र घोषणा गर्न संविधानमा संशोधन गराउन कदम चाल्दैछन् ।
युनुसका कदमहरुप्रति भारतले निकै चासो राखेको छ । बँगलादेशमा हिन्दूमाथि आक्रमणको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेका छन् । बँगलादेशको सामान आयातमा कडाई गरेको छ भारतले । यसले त्यहाँको अर्थव्यवस्था बिग्रदै गएको छ ।

बँगलादेशमा संकट बढ्दै जाँदा अशान्ति पनि बढ्न थालेको छ । जसका कारण बँगलादेशबाट ठूलो संख्यामा मानिसहरु शरणार्थीका रुपमा अन्यत्र जाने सम्भावना देखिन थालेको छ । यसले अशान्तिको चपेटामा बँगलादेश पर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया