महालक्ष्मी बक्सिङ रिङको रोचक भिडन्तका (तस्बिरहरु)

ललितपुर, ३ जेठ । महालक्ष्मी बक्सिङ च्याम्पियनशिपमा रोचक भिडन्तहरु भएको छ । व्यवसायिक युवा र नवप्रतिभा बक्सरहरुले भिडन्तहरु गरे महालक्ष्मी नगरपालिका वडा नं ८ को विष्णुडोलमा ।
रिङमा भिडन्तसँगै दर्शकहरुको हुटिङ रोचक थियो । खेलाडीहरुले प्रमाणपत्र र नगद पुरस्कार पाएका थिए । पूर्व राष्ट्रिय बक्सर म्याक्स बीको तत्परतामा ललितपुरमा विभिन्न प्रतियोगिता चल्दै आएको छ । महालक्ष्मी बक्सिङमा महालक्ष्मीकी उपमेयर लक्ष्मी महर्जन प्रमुख अतिथि थिइन् भने वडाध्यक्ष विश्वराज श्रेष्ठ, सदस्य बिनोद केसी, बक्सिङका प्रशिक्षकहरु, पूर्व खेलाडी र प्रशिक्षकहरुको उल्लेख्य उपस्थिति थियो ।