२५ जेष्ठ २०८२, शनिबार | June 8, 2025

न्यायपालिकाको भूमिकामाथि पूर्वन्यायाधीश फोरमले किन उठायो प्रश्न


1.7k
Shares

काठमाडौं, ३० वैशाख । न्यायपालिका इतिहासमै कमजोर बनाइएको विश्लेषण भइरहँदा पूर्वन्यायाधीश फोरमले समेत प्रश्न उठाएको छ । फोरमका अध्यक्ष पूर्वन्यायाधीश टोपबहादुर सिंहले हस्ताक्षर गरेको विज्ञप्तिले तरंग नै ल्याउने विषय उठाएको छ ।

फोरमले न्यायपालिका संवैधानिक भूमिकाको निर्वाहमा अपेक्षकृत रुपमा कमजोर देखिएको निष्कर्ष निकालेको छ । न्यायिक निश्चितता, एकरुपता र प्रभावकारिता देखिने गरी नागरिकको मौलिका अधिकारको संरक्षण तथा कानूनी शासनको अभिभावकीय दायित्व निर्वाह गर्न कर्तव्य बोकेको न्यायपालिका कमजोर देखिदै गएको विज्ञप्तिमा उल्लेख छ ।

कतिपय कसुरका सम्बन्धमा गरिएका अनुसन्धान, तहकिकात, गिरफतारी र अभियोजन कार्य प्रचलित कानुनको मर्मविपरित भई स्वेच्छाचारितातर्फ उन्मुख हुँदै गएको भनिएको छ । यसले विधिको शासन कमजोर भएको महशुश हुन थालेको न्यायाधीश फोरमले विज्ञप्तिमार्फत् प्रष्ट भनेको छ । व्यवस्थापिका आफ्नो संवैधानिक दायित्वप्रति सचेत रहनुपर्नेमा सोतर्फ उदासीन हुँदै गएको देखिएको भनिएको छ ।

प्रधानन्यायाधीश भएपछि प्रकाशमान सिंह राउतको कार्यकालमा विवादास्पद फैसलाहरु आउन थालेका छन् । अदालतले जारी गरेका आदेशहरुमा पनि प्रश्न उठिरहेका छन् । आलोचना गर्ने र सत्य तथ्य उजागर गर्नेलाई मुद्दाको भारी बोकाएर तर्साउन खोजिएको छ । राउतको कार्यकालमा अदालतको अवहेलना मुद्दाहरु लगाउने र पुराना मुद्दाहरु ब्युँताउने गतिविधि बढेका छन् ।

प्रतिक्रिया