२९ बैशाख २०८२, सोमबार | May 13, 2025

मोरङका अभ्योदयजङ्ग कार्कीलाई कोशी स्तरीय पौडीमा चार पदक


4.7k
Shares

विराटनगर, २९ वैशाख । मोरङका अभ्योदयजङ्ग कार्कीले दोस्रो कोशी प्रदेशस्तरीय पौडीमा चार पदक जितेका छन् । न्यू मिलेनियम स्कुल ललितपुरमा अध्ययनरत कार्कीले गृहजिल्लाको प्रतिनिधित्व गर्दै पौडीको चार विधामा पदक जितेका हुन् ।

सोमबार सम्पन्न प्रतियोगितामा कार्कीले ५० मिटर फ्री, ५० मिटर ब्याक र २०० मिटर ब्याकमा रजत र १०० मिटर फ्रिमा काँस्य पदक जिते । स्वास्थ्यमा समस्या आउँदा आउँदै प्रतिष्पर्धा गरेर अभ्योदयजङ्ग कार्कीले दर्शक र प्रशिक्षकहरुको मन जिते । कार्कीले जितेको पदक जोड्दा मोरङले प्रदेशभर तेस्रो स्थान हासिल गरी २० हजार नगद पुरस्कार पनि जितेको छ ।

न्यू मिलेनियम स्कुलमा कक्षा ८ मा अध्ययनरत कार्की लोकप्रीय पौडी प्रशिक्षकहरु वाङ्देन लामा, मेघ लामा र जेनिफर लामासँग सातदोबाटोस्थित पौडीपोखरीमा तालिम लिदै आएका छन् । उनले राष्ट्रियस्तरका पौडी प्रतिष्पर्धाहरुमा पनि भाग लिदै आएका छन् ।

प्रतिक्रिया