२९ बैशाख २०८२, सोमबार | May 13, 2025

आतंककारीले नै पाकिस्तानलाई सिध्याउनेछन्ः मोदी


581
Shares

एजेन्सी, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले पालेका आतंककारीले नै पाकिस्तानलाई सिध्याउने भविष्यवाणी गरेका छन् । उनले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै पाकिस्तानले बच्ने हो भने आतंककारीका पूर्वाधारलाई सिध्याउनुपर्ने बताए ।

‘पाकिस्तानले आतंककारीलाई खाद्यपानी दिइरहेको छ, आतंककारीले नै पाकिस्तानलाई सिध्याउनेछ’, मोदीले भने, ‘पाकिस्तानलाई बच्ने हो भने टेरर इन्फास्ट्रक्चरलाई सफाया गर्नुपर्छ ।’

पाकिस्तानसँग आतंकारीको सफाया गर्नुबाहेकको विकल्प नभएको बताए । मोदीले पाकिस्तानसँग वार्ता आतंककारी र काश्मिरको विषयमा मात्र हुने बताए । उनले भने, ‘पानी र रगत एकसाथ बहँदैन ।’

पाकिस्तानसँगको वार्ता आतंककारीको विषयमा हुन्छ या काश्मिरको विषयमा हुन्छ । पाकिस्तानका सैनिकहरु आतंककारीको अन्त्येष्टिमा सहभागी भएको उल्लेख गर्दे भने, ‘यो स्टेट स्पनशर टेररिज्मको सबैभन्दा ठूलो सबुत हो ।’

प्रतिक्रिया