२९ बैशाख २०८२, सोमबार | May 12, 2025

भारतीय राजदूत श्रीवास्तवले भेटे सुदीप न्यौपानेका परिवार


1.6k
Shares

काठमाडौं, २९ वैशाख । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले पहलगाममा आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेका परिवारलाई भेटेका छन् । उनले आइतबार बुटवलस्थित न्यौपानेको घरमा पुगी परिवारलाई भेटेका हुन् ।

भेटमा राजदूत श्रीवास्तवले समवेदना दिदै भारत सरकारले दोषीलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताए । उनले भारत सरकारका तर्फबाट आतंकवादविरुद्धको लडाईँको प्रतिवद्धता पनि व्यक्त गरे ।

२२ अप्रिलमा जम्मु काश्मिरको पहलगाममा नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना आतंकवादी हमलामा मारिएका थिए ।

प्रतिक्रिया