२८ बैशाख २०८२, आइतबार | May 12, 2025

विश्व पौडेललाई गभर्नर बनाउन कस्तो खेल खेलियो


415
Shares

काठमाडौं, २८ वैशाख । नेपालको इतिहासमा गभर्नर नियुक्तिमा अहिलेसम्म नभएको खेल भइरहेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले मात्र नभई अन्य शक्ति पनि यो खेलमा देखिए । यो खेलका पछाडि विश्व पौडेललाई गभर्नर बनाउने उद्देश्य लुकेको देखिदै गएको छ ।

पौडेल काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवानिकट मानिन्छन् । आरजुको टिममा रहेका पौडेल योजना आयोगको उपाध्यक्ष भइसकेका छन् । उनी विगतमा सानिमा बैंकको बोर्डमा पनि थिए ।

हाल गभर्नर नियुक्तिको सिफारिश समितिको सदस्य रहेका पौडेललाई नै बनाउन काँग्रेसभित्र माहोल तयार गरी सभापति शेरबहादुर देउवाले नाम प्रस्ताव गरेको बुझिएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

गुणाकर भट्टको नाम प्रस्ताव गरेको भनिएपनि त्यसलाई रोक्ने खेल भएको थियो । भट्टको नाम सिफारिश गर्नुमा सुदूरपश्चिमका नेताहरुबाट देउवामाथि परेको दबाब हो । यो दबाबलाई थेग्न देउवानिकटस्थले नै खेल खेलेर भट्टलाई रोक्ने चाल चलेका थिए । सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने देखि भट्टको राजीनामा राष्ट्र बैंकबाट स्वीकृती गर्न नदिने सम्म भएको छ ।

पौडेललाई गभर्नर बनाउन अन्य प्रतिष्पर्धीलाई योजनावद्ध तरिकाले पाखा लगाइएको थियो । यसका लागि अदालतमा मुद्दा समेत हालियो ।

प्रतिक्रिया