भारत-पाकिस्तान युद्धका दौरान के के खुल्यो

समाचार विश्लेषण । भारत र पाकिस्तानबीच चार दिनको लडाईँ अन्त भएको छ । दुवै देशले युद्धविराम गरी तटस्थ भूमिमा वार्ता गर्ने भएका छन् । तर, युद्ध र शान्तिको दौरान नयाँ तथ्यहरु खुलेका छन् ।
पहिलो तथ्य हो पाकिस्तानमा भारत र हिन्दूलाई तारो बनाउने आतंककारी आश्रय लिई बसेको विश्वसामु छर्लंग भयो । भारतको मिसाइल हमलामा त्यस्ता आतंककारी संगठनका नेता समेत मारिएका छन् । मारिएकाको अन्त्येष्टिमा संयुक्त राष्ट्रसंघले नै आतंककारी घोषणा गरेकाहरु पाकिस्तानी सेनाको बीचमा देखिए ।
दोस्रो, तथ्य पाकिस्तानले युद्धका दौरान मन्दिरमा समेत क्षति पुर्यायो । जम्मुको प्रशिद्ध शम्भु मन्दिरमा क्षति पुग्यो । उसको तारोमा मन्दिर र पुरातात्विक क्षेत्रहरु पनि परे ।
तेस्रो, तथ्य पाकिस्तानले मुस्लिम देशहरु टर्की र अजरवैजानबाट मात्र खुलेर समर्थन पायो । उसलाई ठूलो आर्थिक सहयोग गर्ने साउदी अरब, उसैले विगतमा सहयोग गरेका तालिवान र तालिवान शासित अफगानिस्तानको समर्थन पाएन । विश्वका ५० भन्दा बढी मुस्लिम देशमध्ये २ बाट मात्र खुलेर समर्थन पायो । भारतले इजरायलबाट खुलेर समर्थन पायो । नेपालले पनि भारतको आतंकवादविरुद्धको लडाईँमा समर्थन जनायो । अमेरिका र रुसले आतंकवादको विरोध गरेपनि भारतलाई संयम हुन आग्रह गरेका थिए ।
चौंथो, तथ्य भारत र पाकिस्तान दुवैले प्रयोग गरेका हतियार । भारतले उसकै देशमा निर्मित हतियार बढी प्रयोग गर्यो । फ्रान्समा निर्मित राफेल युद्धकविमान पनि प्रयोग गर्यो । जसमध्ये एउटालाई चीनमा निर्मित जे १० सी फाइटर जेटले खसालेको बताइन्छ । चीनले कस्तो सैन्य प्रविधि विकास गरिसकेको छ भन्ने तथ्य पनि उजागर भयो । चीनले पाकिस्तानलाई ठूलो सैन्य सहयोग गर्दै आएको र प्रभाव बलियो बनाइसकेको खुल्यो । भारतमा निर्मित हतियारका अलावा अमेरिका र रुसमा निर्मित हतियार अझै प्रभावशाली रहेको पनि खुल्यो ।
पाकिस्तानलाई टर्कीले खुलेर समर्थन मात्र गरेन हतियार पनि दिएको खुल्यो । टर्कीमा बनेको ड्रोन प्रयोग गरेको खुल्यो । सोनगर, अन्का थ्री र किजिलेल्मा नामका ड्रोनको प्रभाव कति छ भन्ने तथ्य पनि खुल्यो । पाकिस्तानमा चीनले ठूलो सैन्य लगानी गरेको र पछिल्लो पाँच वर्षमा पाकिस्तानले कुल आयातित हतियारमा ८१ प्रतिशत चीनबाट भित्राएको विषय पुष्टि भयो ।
पाँचौं, भारत र पाकिस्तानबीच युद्ध हुँदा कुन देशको के भूमिका रह्यो भन्ने देखिइहाल्यो । कतिपयले कित्ता देखाइहाले । नेपालमा पनि राजनीतिक दल र नेता देखि अभियन्तासम्मको कित्ता उजागर भयो ।
छैठौं, भारत र पाकिस्तानको युद्धविराममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताको सफल भूमिका निभाए । उनले राति लामो समयसम्म भारत र पाकिस्तानका दुवै अधिकारीसँग कुराकानी गरेर युद्ध रोक्न सहमति गराए । ट्रम्पको पहलबाट पाकिस्तानमाथि दबाब बन्यो । अमेरिकाले पाकिस्तानमा अझै बलियो प्रभाव राखेको तथ्य प्रष्ट भयो । अर्को तथ्य, ट्रम्प कुशल मध्यस्थकर्ता र युद्धविरोधी हुन् भन्ने पनि देखियो । उनले दक्षिण एशियामा अस्थिरता बन्न दिएनन् ।