२७ बैशाख २०८२, शनिबार | May 11, 2025

भारत-पाकिस्तान युद्धविराम गराउन ट्रम्पले गरेका थिए मध्यस्थता


2.7k
Shares

एजेन्सी, २७ वैशाख । भारत र पाकिस्तानबीच युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राति अबेरसम्म मध्यस्थता गरे । उनले आफ्नो मध्यस्थतामा तत्काल युद्धविराम भएको एक्समा ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले दुवै देशलाई बधाई दिए ।

ट्रम्पले नै दुवै देश युद्धविराममा सहमत भएको सार्वजनिक गरेका थिए । त्यसको पुष्टि भारत र पाकिस्तानका अधिकारीले प्रेस ब्रिफिङमार्फत् पुष्टि गरे । तर, दुवै देशले ट्रम्पको मध्यस्थताबारे उल्लेख गरेनन् ।

भारत र पाकिस्तान तटस्थ भूमिमा वार्ताका लागि तयार भएका छन् । त्यसबारे सहमति पनि भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जानकारी दिए ।

भारत र पाकिस्तान दुवैसँग अमेरिकाको निकट सम्बन्ध छ । अमेरिकाले पाकिस्तानले ठूलो सहयोग गर्दै आएको छ । अमेरिकी दबाबका कारण पनि पाकिस्तान ब्याक भएको देखिन्छ ।

प्रतिक्रिया