पाकिस्तानद्वारा अफवाह फैलाउँदै मन्दिरहरुमा आक्रमण

एजेन्सी, २७ वैशाख । भारतको मिसाइल हमलापछि पाकिस्तानले जम्मु काश्मिरका धार्मिक र ऐतिहासक ठाउँहरुलाई तारो बनाएर हमला गर्न थालेको छ । टर्कीमा बनेको ड्रोनमार्फत् जम्मुको धार्मिक क्षेत्रमा क्षति पुर्याएको छ ।
भारतको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले शनिबार जम्मुको प्रशिद्ध शम्भु मन्दिर र मानिसहरु बसोबास भएको क्षेत्रमा तारो बनाएको छ । धेरैवटा ड्रोन गएराति छाडेर धार्मिक र पुरातात्विक स्थलहरुलाई तारो बनाएको हो ।
पाकिस्तानले भारतको राफाल सैन्य विमान खसालेको, दिल्लीमा मुसलमानहरुले आगजनी सुरु गरेको, जयपुर एयरपोर्टमा आक्रमण भएको, भारतको विद्युत ग्रिड निष्कृय भएकोलगायत भ्रामक खबर भाइरल गर्न खोजेको खुलेको छ । यी सबै भ्रामक रहेको भन्दै भारतले झुटको पछि नलाग्न आव्हान गरेको छ ।
दुई पाकिस्तानीसहित तीनजनाले पहलगाममा हिन्दू यात्रुको गोली हानी हत्या गरेपछि भारतले बदलाको जवाफ दिन थालेको हो । पहलगाम घटनामा एक नेपाली र २५ भारतीय मारिएका थिए । त्यपछि पाकिस्तानमाथि भारतले गरेको हमलामा सयौंको ज्यान गइसकेको छ ।