३ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

कमिशनको भाग नमिल्दा आइपीओको लफडा


830
Shares

काठमाडौं, २५ वैशाख । देश कमिशन माफियाको गोलचक्करमा फसिरहेको छ । यस्तै गोलचक्कर धीतोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति दिने मामलामा भइरहेको छ । कमिशनको प्रतिशत नमिल्दा विभिन्न निकायले चासो बढाउन थालेका छन् ।

जनताको पैसा आइपीओका नाममा तान्न घाटाका कम्पनीले समेत नाफा देखाएर आवेदन दिएका छन् । उनीहरु आइपीओ खोलेर ठूलो रकम हात पार्ने दाउमा छन् । यसका लागि कमिशनको खेल भएको छ ।

नेपाल धीतोपत्र बोर्डमा आइपीओ अनुमतिका लागि ७ प्रतिशत या त्योभन्दा माथि कमिशन मागिएको विषय चर्चामा छन् । ऊर्जा उत्पादकहरुको संस्था इप्पानले ५० करोडभन्दा कम चुक्ता पूँजी भएकाका लागि ७ प्रतिशत र ५० करोडभन्दा बढी चुक्ता पूँजी भएकालाई त्योभन्दा बढी प्रतिशत कमिशन मागेको आरोप लागेपछि तरंग आएको छ ।

इप्पानको पदाधिकारीको आरोपपछि अख्तियारले फाइल खोतल्न थालेको छ । धीतोपत्र बोर्डका जिम्मेवार अधिकारीहरुसँग बयान लिन थालेको छ ।

८९ कम्पनीको ५६ अर्ब ७ करोडभन्दा बढी बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता आइपीओ निष्काशनको अनुमतिको आवेदन छ । जलविद्युतका मात्र ४३ कम्पनी छन् । यसकारण पनि इप्पानको चासो देखिएको हो ।

आइपीओको अनुमति आवेदन दिनेहरुमा सार्वजनिक जग्गा मिचेर बनाइएको छायाँ कम्प्लेक्स समेत छ । यो कम्पनीमाथि सार्वजनिक पोखरी मिचेर कम्प्लेक्स बनाएको मुद्दा अदालतमा विचाराधीन छ । कतिपय घाटाका कम्पनी किर्ते कागजातबाट नाफाको देखाएर आइपीओ खोल्न आवेदन दिइएको छ ।

 

आइपीओको आवेदन दिने कम्पनीहरु
एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबलकार, बन्दिपुर केबलकार, अकामा होटल, ठमेल प्लाजा होटल, सानिमा हाइड्रोपावर, हिमस्टार ऊर्जा कम्पनी, दरम खोला हाइड्रो इनर्जी, भुजुङ हाइड्रोपावर, रिचेत जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर, यम्बलुङ हाइड्रोपावर, माबिलुङ इनर्जी, सोलु हाइड्रोपावर, टक्सार पिखुवाखोला हाइड्रोपावर, विकास हाइड्रोपावर कम्पनी, रिजलाइन इनर्जी, लाफिङ बुद्धपावर कम्पनी, कालिन्चोक हाइड्रोपावर, हिम रिभर पावर, लोअर इखुवा खोला, बुंगल हाइड्रोपावर, कालंगा हाइड्रोपावर, सानिगाढ हाइड्रोपावर, एपेक्स मकालु हाइड्रोपावर, एपोलो हाइड्रोपावर, गौरीशंकर पावर डेभलपमेन्ट, शिखर पावर डेभलपमेन्ट, सिउरी याङ्दी पावर, सुपर खुदी हाइड्रोपावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, युनिक हाइड्रो, आसुतोष इनर्जी, हिल्टन हाइड्रो, स्नो रिभर्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पुवा खोला हाइड्रो वान, मदामे खोला हाइड्रो, निलगिरी खोला हाइड्रोपावर, पिपुल्स इनर्जी, चम्पावती हाइड्रोपावर, हिमपर्वत हाइड्रोपावर, सेन्चुरी इनर्जी, ह्याबिटेट पावर कम्पनी, नुम्बुर हिमालयन हाइड्रोपावर, युनाइटेड मेवाखोला, आरती पावर, मेवा डेभलपर्स, वरुण इन्भेष्टमेन्ट, सिड इनर्जी, सिभम होल्डिङ्स, एकर्ड फर्मास्युटिक्स, जगदम्बा स्टिल्स, एसवाई प्यानल नेपाल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, स्मार्ट डोर्स, पाल्पा सिमेन्ट, लक्ष्मी टेक्नोप्लान्ट्स, श्री डिष्टिलरी, सोपान फर्मास्युटिक्ल्स, भूगर्म सिमेन्ट, सागर डिष्टिलरी, अम्बे स्टिल्स, एभरेष्ट कलर कम्पनी, महाशक्ति सिमेन्ट, स्वस्तिक लघुवित्त, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन, डिस मिडिया नेटवर्क, आइएमई लिमिटेड, ह्याम्स हस्पिटल, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकोप्टर, जाल्पा इनर्जी, छायाँदेवी कम्प्लेक्स, बिजनेस इन्ट्रेष्ट ग्रुप इन्डष्ट्रिज, जीआई सोलार ।

प्रतिक्रिया