१८ जेष्ठ २०८२, शनिबार | May 31, 2025

भारतको आतंकवादविरुद्धको कारबाहीमा काँग्रेस नेता शंकर भण्डारीको समर्थन


747
Shares

काठमाडौं, २५ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भारतको आतंकवादविरुद्धको कारबाहीमा समर्थन जनाएका छन् । उनले बिहिबार विज्ञप्तिमार्फत् आंकवाद नियन्त्रण गर्न गरिने कुनै पनि कारबाहीको हार्दिकतापूवक समर्थन गर्ने जनाएका हुन् ।

काँग्रेसभित्र सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक समेत रहेका भण्डारीले विज्ञप्तिमा भनेका छन्, ‘आतंकवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कारबाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएका छन् । हाम्रो यो अभियान आतंकवादलाई नियन्त्रण गर्न गरिने कुनै पनि कारबाहीको हार्दिकतापूर्वक समर्थन गर्दछ ।’

भण्डारीले पहलगाममा बितेको ९ वैशाखका दिन धार्मिक पर्यटकमाथि अतिवादी मुस्लिम बन्दुकधारी आतंककारीहरुबाट नेपाली युवक सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु तथा दर्जनौं घाइते भएको घटनालाई मानवता विरोधी क्रुर आततायी घटना भन्दै निन्दा गरेको स्मरण गराएका छन् ।

प्रतिक्रिया