२५ बैशाख २०८२, बिहिबार | May 8, 2025

कोशियारीले प्रधानमन्त्री ओलीलाई के भने


747
Shares

काठमाडौं, २५ वैशाख । भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले राजनीतिक भेटघाट गरेका छन् । उनले बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।

भेटमा ओलीसँग कोशियारीले आतंकवादविरुद्धको भारतको लडाईँमा नेपालले साथ दिने आशा व्यक्त गरेका थिए । उनले नेपालसँग भारतको सम्बन्ध अझ प्रगाढ बनाउन ओलीको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका थिए । ओलीले नेपाल सधै आतंकवादविरुद्ध उभिएको स्पष्ट पारेको बुझिएको छ ।

कोशियारीले बिहिबारनै माओवादी अध्यक्ष प्रचण्डसँग भेटेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग नि भेटवार्ता गरे ।

बुधबार नेपाल आएका कोशियारीले बिहिबार विहानै पशुपतिनाथको दर्शन गरेका थिए । त्यसपछि उनी राजनीतिक भेटमा व्यस्त रहे ।

कोशियारीले बिहिबार विहान नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवसँग भेटेका थिए ।

कोशियारीले गृहमन्त्री रमेश लेखकसँग साँझ रात्रीभोजसहितको भेट गर्ने तय छ । उनले शुक्रबार विहान उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट्नेछन् ।

कोशियारीले बिहिबारनै माओवादी अध्यक्ष प्रचण्डसँग भेटेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग नि भेटवार्ता गरे ।

प्रतिक्रिया