२५ बैशाख २०८२, बिहिबार | May 8, 2025

आतंकवाद विरुद्ध आक्रामक भारत


1.7k
Shares

विपिन देवः नब्बेको दशकमा अमेरिकी राष्ट्रपति जर्ज बुसले युद्धको बेलामा मित्रता र शत्रुता बीच कित्ताकाट हुने चर्चित अभिव्यक्ति दिएका थिए । उनले प्रजातन्त्र, मानवअधिकार र खुला समाजलाई एक मत र एक ध्वनिका साथ सर्मथन गर्न विश्व समुदायलाई अपिल गरेका थिए । सन्र्दभ सद्दाम हुसेनलाई सत्ताच्यूत गुर्न थियो । अमेरिकी नेतृत्वलाई सामरिक सामथ्र्यका साथ रुस र चीनले समेत सहयोग गरेका थिए । वर्तमान भू-राजनीतिले कोल्टे फेरेको छ । हरेक देशले आफ्नो युद्ध आफै लडिरहेको देखिन्छ । अमेरिकी र युरोपेली सहयोगका बाबजुद समेत युक्रेनी जनताले आफै हतियार उठाएका छन् । इजरायलीहरू आफ्नो लडाई आफै लडिरहेका छन् । ध्रुवीकृत संसारमा गठबन्धन र गठजोडको गाठोमा निरन्तरता र स्थायित्वको कमी देखिएको छ । ट्रम्पको सून्य दशमलब दुईमा अमेरिका र युरोप विचको गठबन्धन कमजोर भएको छ । अमेरिकी सुरक्षा, चिनियाँ बजार र रुसको उर्जाबाट सम्पन्नताका साथ जीवन बिताइरहेका युरोपेलीहरूले आफ्नो सामरिक र आर्थिक नीतिमा परिर्वतन गर्नु पर्ने टड्कारो आवश्यकता महशुस गरिरहेका छन् । अमेरिका दुई भाष्यको गोलचक्करमा फसेको देखिन्छ । पहिलो भाष्य अनुसार अमेरिकाद्वारा स्थापित गरिएका खुला बजार र भू-मण्डलीकरणबाट चीन र भारत जस्ता मुलुकहरू अधिक लाभ लिएर अमेरिकी नेतृत्व कमजोर भएको एक पक्षको बुझाई रहेको छ भने अर्का भाष्य अनुसार भू-मंडलीकरण र खुला बजारले गर्दा अमेरिकी वैभव र सामथ्र्यमा कमी नभएको बुझाई रहेको छ । यी परिदृष्यमा विश्वका हरेक कूटनीतक द्विपक्षीय र बहुपक्षिय सम्बन्धहरू प्रश्नको घेरामा देखिएको छ । यी तरल भू-राजनीतिक परिवेशमा सन् २०२५ अप्रिल २२ मा कश्मिरको पहलगाममा पर्यटकहरूको विभत्स हत्याले गर्दा भारत पकिस्तिान सम्बन्ध कठिन मोडमा उभिएको देखिन्छ ।

“सौदागर” हिन्दी चलचित्रका महानायक राजकुमारका शैलीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धको समय, स्थान, स्वरुप र प्रकृतीलाई रोज्ने अधिकार सैनिक नेतृत्वलाई प्रत्याभूत गरेको घोषणा गरेका छन् । भारतमा सडकदेखि सदनसम्म, मिडियादेखि समाजिक सञ्जालसम्म पाकिस्तान प्रतिको आक्रोस देख्न सकिन्छ । ७ मईमा सूर्योदय नहुँदै भारतले पाकिस्तानमाथि मिसाइल हमला गरेको छ । आतंकवादीको अखडाहरु ध्वस्त पारिदिएको छ । यसले विश्वभर तरंग ल्याइदिएको छ ।

भारत र पाकिस्तानबीच बढिरहेको तनावलाई शिथिलिकरण गर्न अन्तर्राष्ट्रिय संघ र संस्थाहरूमा सर्मथ्य देखिएको छैन । अमेरिकाले बिन लादेनको अन्तका लागि पाकिस्तानको भूमीमा क्षेप्यास्त्र प्रयोग गरै भैm भारतले समेत त्यही रणनीति अनुरूप बढ्ने कसरत गरिरहेको देखिन्छ । बालाकोटको आर्कमणलाई उदाहरणको रूपमा लिन सकिन्छ । भारत(पाकिस्तानबीच भइरहेको द्वन्द्वको निरुपण गर्न वर्तमान परिवेशमा दुई देशहबीच आ-आफ्नै कूटनीतिक चूनौतीहरू रहेको छ । पाकिस्तान आर्थिक दिवालीयापनको संघारमा रहेको छ । तालिवानद्वारा समर्थित तहरिके तालिवान जस्ता लडाका समूहले पाकिस्तानी सैनिक जत्थाहरू माथि बारम्बार आक्रमण गरिरहेको छ भने बलुचिस्तानी लडाका समूहरू बालुचीस्तानलाई स्वतन्त्र राज्य बनाउनमा हिंसक आन्दोलन बढाइरहेको छ । खाइवर पस्तुन विद्धोह समेत चुलिएको छ । यी हुंदा हुंदै पनि पाकिस्तानका सैनिक शासकले राजनीतिक लाफाबाजीलाई परित्याग गरेको छैन ।

भारत विरोधि नारा नै पाकिस्तानको राष्ट्रवादको भाष्य भएको कारणले गर्दा पाकिस्तानका हरेक तानाशाहले सत्ता रत्वादन र सत्तास्थायित्वको लागि यी भाष्यलाई प्रचुर मात्रामा उपयोग गरेको पाइन्छ । इतिहासको हरेक मोडमा पाकिस्तानले आफ्नो चीनसंगको सम्बन्धलाई प्रचुर मात्रामा प्रयोग गरेको देखिन्छ । भर्खरै पहलगाममा भएको घटना प्रति पाकिस्तानको अडानको साथ चीन उभिएको छ भने टर्कीले युद्धपोत नै कराँचीमा तैनाथ गरेको छ । अमेरिकी नीति सन्तुलित रहेको छ । एकातर्फ भारतलाई संयमता धारण गर्न अमेरिकी सल्लाह रहेको भने पाकिस्तानलाई आतंकवादी जत्थामा अंकुश लगाउन दवाव दिएको पाइन्छ । यूरोपेली युनियन समेत अमेरिकी कूटनीतिक पदचापमा अघि बढिरहेको छ ।

भू-राजनीतिक तरलताबीच रुस भारतका साथ उभिएको देखिन्छ । तर रुसको अवस्था ७० को दशक जस्तो छैन । सत्तरीको दशकमा भारत पाकिस्तानबीच युद्ध हुँदा अमेरिका, चीन, विट्रेन र युरोपमा अन्य शक्तिहरू समेत पाकिस्तानको साथ रहेको वेला सोभियत रुस आफ्नो सैनिक शक्तिका साथ भारतसंग उभिएको कारणले नै गर्दा भारतले पाकिस्तानलाई पराजित गर्दै बँगलादेशलाई विश्व भूगोलमा अवतरण गराउन सफल भयो । वर्तमान अवस्थामा रुस युक्रेनबीच युद्ध भइरहेको अवस्था छ भने रुस र चीनबीच सधन सम्बन्ध रहेको छ । यी दुई कारणहरूले गर्दा सत्तरीको दशक जस्तै तन, मन र धनका साथ रुस भारतको सर्मथनमा उभिने अवस्था देखिएको छैन । सडक र सदनको दबाब र जनआक्रोशको कारण भारतले युद्धको शंखनाद गर्नुको अनेकौ कारणहरू रहेको छ । प्रथम कारणको रूपमा भारत चीन सम्बन्धलाई लिन सकिन्छ । चीन र भारतबीच पूर्व रूपमा तनाव शिथिलिकरण भएको छैन गलवान घाँटीबाट पूर्ण रूपले चिनियाँ सैनिक विस्थापित भएको छैन । एकै चोटी दुईवटा मोर्चाबाट युद्ध परिचालित गर्नु खतरनाक हुने सामरिक जानकारहरूको बुझाई रहेको छ । हुनतः इतिहासको आरोह र अबरोहमा भारत चीन पाकिस्तानको त्रिकोणात्मक सम्बन्ध बडो रोचक रहेको देखिन्छ । पाकिस्तान र चीनबीच संघन र सामिप्य सम्बन्ध भए तापनि पाकिस्तान भारत विच युद्धमा चिनियाँ सैनिक हस्तक्षेप गरेको देखिदैन । वर्तमान परिवेशमा चीन अमेरिकी कर नीतिको दबाबमा रहेको छ । चीनको लागि युरोपेली बजारमा आकर्षण कम भइरहेको छ । अर्थतन्त्रलाई स्थायित्व दिन चीनले कुनै पनि हालतमा भारतको बजारलाई गुमाउन चाहँदैन । जानकारहरूका अनुसार चीनले भारतलाई दबाबमा राख्न मात्र पाकिस्तानसंगको सम्बन्धलाई उच्च महत्व दिने गर्दछ ।

भारत-पाकिस्तानको बढ्दो तनाबलाई शिथिलिकरण गर्न इरानका परराष्ट्रमन्त्री समेत पाकिस्तान यात्रा गरेका छन् । पाकिस्तान पश्चात इरानी परराष्ट्रमन्त्री भारत यात्रा गर्ने कार्यक्रम रहेको छ । जानकारहरू अनुसार पाकिस्तानलाई कूटनीतिक दबाब दिन भारतले इरानलाई प्रयोग गरेको देृखिन्छ । इरान स्थित “चावाहर बन्दरगाह” ले गर्दा इरान भारत विच सघन व्यापारिक सम्बन्ध रहेको छ । वर्तमान परिवेशमा इरान र अफगानिस्तान स्थित तालिवान शासक समेत भारतको पक्षमा उभिएको छ । पेचिलो भू(राजनीतिमा पाकिस्तानले प्रयोग गरेको इश्लामिक कार्ड स्खलित भइरहेको छ । साउदी अरेबेयी, यू.ए.ई र ओमान जस्ता राष्ट्रहरू समेतको भारतलाई सहयोग र सहानुभूति पाकिस्तानलाई प्राप्त रहेको देखिदैन । भारतीय कूटनीतिक क्षेप्यास्त्रद्वारा सुरक्षा परिषदमा समेत पाकिस्तान अलग थलग भएको देखिन्छ । सुरक्षा परिषदमा पाकिस्तानद्वारा कश्मिरलाई अन्तराष्ट्रियकरण गर्ने प्रयास समेत असफल भएको छ । सुरक्षा परिषदमा समेत पाकिस्तान घेराबन्दीमा रहेको छ । वर्तमान परिवेशमा भारतको कूटनीतिक प्रयास नै पाकिस्तानलाई आर्थिक रूपमा कमजोर बनाउनु हो । तदनुरूप भारतले सन्धी र सम्झौताहरू परिमार्जित गरिरहेको तर विश्व समुदायले भारतलाई संयम हुन बारम्बार आग्रह गरिरहेको छ । बढ्दो कूटनीतिक दबाब, दिवालीयापनमा रहको अर्थतन्त्र र सैनिक र धर्मगुरुद्वारा परिचालित शासन पद्धतिले गर्दा पाकिस्तान परमाणुशक्ति भएको सोमालिया भएको खण्डमा विश्वको शान्ति र सुरक्षा नै खतरामा पर्ने जानकारहरूको बुझाई रहेको छ । सैनिक शासकहरूको प्रभाव र प्रभुत्वले गर्दा अत्तिवाद, कट्टरपन्थ र जडसूत्रवादी चिन्तनले गर्दा पाकिस्तान आतंकवादको कारवाही भइरहेको कारणले गर्दा त्यस्को दस्तुर हिन्दुहरूले चुकाउ‘दै आएको छ । यस्तो विषम अवस्थामा पाकिस्तानले राष्ट्रवादको भाष्यलाई विश्व वन्धुत्व र भाईचाराको आधारमा अगाडि बढाउनु पर्दछ ।

प्रतिक्रिया