२३ बैशाख २०८२, मंगलबार | May 6, 2025

योगी आदित्यनाथसँग कमल शाहको भेटमा के के भयो


913
Shares

काठमाडौं, २२ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । लखनऊस्थित योगीको सरकारी आवासमा दुई नेताबीच भेट भएको हो ।

भेटमा दुई देशको सम्बन्धबारे महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । उत्तर प्रदेशसँग सुदूरपश्चिम प्रदेशको सीमा जोडिएको छ । यसकारण पनि यो भेट महत्वपूर्ण छ ।

पछिल्लो समय नेपालमा भएको राजसंस्था पक्षधर गतिविधिमा योगीको साथ रहेको विषय उठाउने गरिएको छ । यस्तो अवस्थामा दुई देशका मुख्यमन्त्रीबीचको भेट अर्थपूर्ण छ ।

प्रतिक्रिया