१९ बैशाख २०८२, शुक्रबार | May 2, 2025

ट्रम्पले युक्रेनबाट के के लाभ लिए


498
Shares

एजेन्सी, १९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबाट लाभ लिन थालेका छन् । राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले युद्धमा अमेरिकाले गरेको लगानीवापत् युक्रेनको प्राकृतिक स्रोतको माग गरेका थिए । उनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई प्राकृतिक स्रोतको सम्झौताको दबाब दिएपनि आनाकानी गरेका थिए ।

बुधबार युक्रेनले प्राकृतिक स्रोतसम्बन्धी सम्झौता गर्यो । यसबाट उसले ठूलो धनराशी आर्जन गर्न सक्छ ।

युक्रेनको मामलामा यूरोपेली देशहरुलाई दबाबमा राख्न पनि ट्रम्प सफल भएका छन् । क्षेत्रीय शक्तिलाई धेरै खेल्न नदिन र रुससँगै मिलेर जाने रणनीतिमा देखिएका छन् ट्रम्पले ।

अमेरिकाले युक्रेनको विषयबाट रुससँग पनि लाभ लिन थालेको छ । उसले विश्वभर आफ्नो प्रभाव झन् बलियो बनाउने रणनीति बढाउन थालेको छ ।

प्रतिक्रिया